दमकको एड्भान्स अस्पतालमा न्यूरो सम्बन्धी सेवा शुरु

दमक , ६ फागुन । विर्तामोडस्थित विर्तासिटी अस्पतालले दमकमा सञ्चालनमा ल्याएको एड्भान्स मल्टिस्पेशालिटी अस्पालमा न्यूरो सम्बन्धी विशेषज्ञ सेवा विस्तार गरेको छ ।
दमक आसपासका विरामीलाई लक्षित गरेर अस्पतालले २४ सै घण्टा न्युरो सम्बन्धि विशेष स्वास्थ्य सेवा सञ्चालनमा ल्याईएको अस्पतालका सञ्चालक तथा मेडिकल डाईरेक्टर डाक्टर अनिल बस्नेतले बताए ।
बुधबार अस्पताल परिषरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालकहरुले दमक क्षेत्रमा देखिएको स्वास्थ्य समस्यालाई हल गर्न पहिलोपटक यस किसिमको विशेषज्ञ सेवा विस्तार जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. बस्नेतका अनुसार न्यूरो सम्बन्धी समस्या भएका दमक र यस आसपासका क्षेत्रका नागरिक उपचार गराउन अब दमक बाहिर जानु पर्देन , यस अस्पतालले गुणस्तरिय सेवा उपलव्ध गराएको छ ।
दमकमा आधा दर्जन अस्पतालहरु सञ्चालनमा रहेको भएपनि न्यूरो उपचार हुन सकिरहेको थिएन । सरकारी, गैरसरकारी तथा नीजि अस्पतालहरुले समेत न्यूरो सेवा बिस्तार गर्न नसकिरहेको अबस्थामा दमकमा एडभान्स हस्पिटलले भने यहाँका विरामीका लागि न्यूरो सेवा सुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. बस्नेत बताउँछन् ।
उनले भने “दमकमा पहिलो पटक एड्भान्स अस्पतालले न्यूरो सम्बन्धी विशेषज्ञ सेवा ल्याएका छौ । विशेषज्ञ सहित सुबिधायुक्त प्रविधिको प्रयोगबाट शल्यक्रिया समेत अब यहाँ हुने छ । ’
यो अस्पतालले दमकमा अर्को सुबिधासम्पन्न बिर्तासिटी अस्पताल समेत सञ्चालनमा ल्याउदै छ । दमक ५ स्थित बिकास टोलमा अस्पताल निर्माणाधिन अवस्थामा छ ।केहि बर्ष भित्र अस्पताल पूर्ण रुपमा तयार भए लगत्तै नियमित रुपमा सेवा उपलव्ध गराउन अस्पताल सञ्चालकहरु प्रतिवद्ध रहेको उनको भनाई छ । यस अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि यहाँ एमआरआईदेखि काठमाण्डौ,विराटनगर,धरान ,विर्तामोड लगायतका अस्पताल भन्दा अझ गुणस्तरिय सेवा दिन लक्ष्य लिइएको अस्पतालका प्रशासक बस्नेतले जानकारी दिए । विर्तामोडस्थित विर्तासिटी २०७० सालदेखि सञ्चालनमा छ ।
विर्तामोडकै व्यवस्थापन टिमले यहाँ पनि एक सय शैयाको सुविधा सम्पन्न अस्पताल संचालनमा आएपछि यस क्षेत्रका स्वास्थ्य समस्या भएका बिरामीहरु दमक बाहिर जान नपर्ने उनले दावी गरे ।

यसैगरि,बुधबारनै अस्पतालले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा हाडर्जोनी, नशा, फिजिसियन, बाल रोग सम्बन्धी एक सयका हाराहारीमा सेवाग्राहीले सेवा पाएका थिए ।

Leave a Reply

Your email address will not be published.