नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको भवन शिलान्यास

दमक,३ फागुन । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा क्षेत्र न. ५ समितिले जिल्लाको कमल गाउँपालिका ७ स्थित गेउरियामा निर्माण हुने कार्यालय भवनको शिलान्यास गरिएको छ ।
महाशिवरात्री तथा २६३ औं सेना दिवसको अवसर पारेर संघले आइतवार एक कार्यक्रम गरि कार्यालय भवनको औपचारिक रुपमा शिलान्यास गरेको हो । शिलान्यास संघका कोशी प्रदेश समितिका इन्चार्ज धनबहादुर खड्काले गरेका थिए ।

संस्थाका सभापति गोपाल बहादुर निरौलाको अध्यक्षता तथा संघका कोशी इन्चार्ज खड्काको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा संस्थालाई जग्गादान गर्ने दाता युवनाथ अधिकारी र उनका श्रीमती जानुका अधिकारीलाई समेत सम्मान प्रदान गरिएको सचिव बलराम धिमालले बताए । संस्थालाई दाता अधिकारीले अन्दाजी रु १५ लाख मूल्य पर्ने १० धुर जमीन निशुल्क प्रदान गरेका थिए ।

दाता अधिकारी परिवारले यसअघि समेत मन्दिर तथा सामुदायिक भवन निर्माणमा जग्गादान गरेर सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुरयाँउदै आएका छन् ।जग्गादान हस्तान्तरण तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै बक्ताहरुले दाता अधिकारी परिवारले समाजमा पुरयाँएको योगदान प्रंशसनीय भएको चर्चा गरेका थिए ।
कमल- ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई , ७ का वडाध्यक्ष पृथीपति राई, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापाका सभापति कान्तिबहादुर कार्की ,संघका क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, भूपु सैनिकका परिवारजनहरु, स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.