तोपगाछी , २ फागुन । जिल्लाको कमल गाउँपालिका -२ क्याम्पास्थित कमल नगर अस्पतालले निशुल्क स्वास्थ्य शिविर, सम्मान लगायतका कार्यक्रम गरि तेश्रो बार्षिकोत्सव मनाएको छ ।
अस्पतालले अघिल्ला वर्षमा झै यसवर्ष पनि वार्षिकोत्सवका अवसरमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुका साथै उत्कृष्ठ दुई कर्मचारीलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरेको हो ।
अस्पतालमा आयोजित शिविरमा १ सय महिला र ५६ जना पुरुष गरि १५६ जना सेवाग्राहीले निशुल्क स्वास्थ्य जाँच ,स्वास्थ्य परामर्श लिनुका साथैं औषधी समेतको सुविधा पाएका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताए ।
उनका अनुसार शिविरमा दन्त परीक्षण, आँखा जाँच, फिजिसियन सेवा तथा हाड–जोर्नी सम्बन्धी विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरिएको थियो।
शिविरमा दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, मेची आँखा अस्पताल र ॐ शान्ति डेन्टल अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक टोली सहभागी रहेको थियो ।
दुई कर्मचारी पुरस्कृत
तेस्रो वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत उत्कृष्ट दुई जना कर्मचारीहरूलाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरेको छ ।पुरस्कृत हुनेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती र अनमी अन्जना सापकोटा रहेका छन् ।
उनीहरूलाई जनही नगद रु १० हजार,सम्मानपत्रसहित दोसल्ला ओढाई पुरस्कृत गरिएको थियो। द्धय कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि हुकुमसिंह राई,उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कार्यपालिका सदस्य पदम सुन्दास, वडा सदस्य कल्पना राई, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, अस्पताल सञ्चालन व्यवस्थापन समितिका पदाधिकारीहरू, कर्मचारीहरू तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।