दमक,१७ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले झापाको क्षेत्र न. ५ मा आफना उम्मेदवारलाई जिताउन निर्वाचन परिचालन समिति गठन गरेको छ ।
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसकी उम्मेदवार मन्दा चिमरिया पौडेललाई जिताउन नेविसंघले क्षेत्रीयसहित दमक नगरस्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको संघका नगर अध्यक्ष विशाल अधिकारीले बताए ।
शुक्रवार दमकमा भएको नेविसंघको विस्तारित बैठकले सुनील राई हाताछुको संयोजकत्वमा क्षेत्रीय निर्वाचन परिचालन र समिर तामाङ संयोजक ,सचिन श्रेष्ठ सहसंयोजक रहेको दमक नगरस्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको हो । बैठकले उम्मेदवार चिमरियालाई जिताउन क्षेत्रभरि शसक्त रुपमा परिचालन हुने निर्णय भएको संघका नगर सभापति अधिकारीले बताए ।
सोहि बैठकले पार्टीको काठमाण्डौंमा हालै सम्पन्न दोश्रो विशेष महाधिबेशनबाट निर्वाचित दमक निवासी शुरेस सुब्बासहित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना समेत दिने निर्णय भएको नेविसंघ झापाका संगठन विभाग प्रमुख ललित मगरले बताए । बैठकमा नेविसंघ जिल्ला तथा क्षेत्रीय , दमक नगर समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कमलमा सम्बाहाम्फे र गौरीगञ्जमा राजवंशी
यसैगरि कमल र गौरीगञ्जमा पनि नेपाल विद्यार्थी संघले निर्वाचन परिचालन समिति गठन गरेको छ ।जसअनुसार संघले कमलमा अनिल सम्बाहाम्फे र मिलन बेघा सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरिएको जिल्ला सचिव जितेन साम्पाङले बताए ।
त्यस्तै,गौरीगञ्ज गाउँपालिका संयोजकको जिम्मेवारी डिल्ली राजवंशीलाई प्रदान गरिएको जनाईएको छ । दुवै पालिकामा गठित समितिले सक्रियताका साथ कांग्रेसको पक्षमा मतदान गराउन चुनावी अभियान सञ्चालन गरिने उनले जनाएका छन् ।