झापा ,१० माघ । बचत तथा ऋण सहकारी संघ लिमीटेड झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित भएका छन्। विर्तामोडमा शनिवार सम्पन्न संघको निर्वाचनबाट सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलाई पराजित गर्दै पतालगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका गिरी निर्वाचित भएका हुन् । गिरीले ६३ र ओलीले ४८ मत पाएका थिए। अन्य पद भने सर्वसम्मत भएको थियो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा यामकुमार चुडाल, महिला उपाध्यक्षमा शुसिला रिजाल, सचिवमा विनोद ढकाल चुनिएका छन्। यसैगरि, सदस्यहरुमा हिमालय प्रकाश कन्दङवा,उमाकान्त आचार्य ,महेश घिमिरे,मित्रलाल खनाल,संगीता कोइरालालगायत रहेका छन् । यस्तै, जग्गनाथ भट्टराईको संयोजकत्वमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल सदस्य रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत सर्वसम्मत चयन गरिएको सचिव विनोद ढकालले बताए ।