कांग्रेस कमलको सचिवमा लेछार्वो

दमक,१० माघ । नेपाली कांग्रेस कमल गाउँ समितिको रिक्त रहेको सचिव पदमा आशिष लेछार्वो मनोनित भएका छन् । शुक्रवार क्याम्पास्थित कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले रिक्त रहेको पार्टीको गाउँ सचिवमा केर्खा निवासी लेछार्वोलाई मनोनित गर्ने निर्णय भएको उपसभापति पदमबहादुर निरौलाले बताए ।
उनका अनुसार पार्टी सचिव महेन्द्र बुढाथोकीले राजीनामा दिएपछि सो पदमा लोछार्वोलाई मनोनित गरिएको हो ।

सोहि बैठकले यहि फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीकी उम्मेदवार मन्दरा चिमरियालाई जिताउन निर्वाचन परिचालनसहितका विभिन्न उपसमितिहरु गठन गरिएको सभापति खगेन भण्डारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.