जेम्सका विद्यार्थी प्रनवले जिते राष्ट्रिय अवार्ड

दमक,५ माघ । दमक- ८ स्थित झापा मोडेल अंग्रेजी स्कूल(जेम्स) कक्षा ८ मा अध्ययनरत बिद्यार्थी प्रनव मण्डलले राष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेका छन् ।शुक्रबार पोखरामा सम्पन्न विद्यार्थी गुणीय चक्र (एसक्यूसी) को १९ औं राष्ट्रिय सम्मेलनमा प्रनवले सो अवार्ड जितेका हुन् । उनले मनसा मेमोरियल सम्पूर्ण गुणी व्यक्ति अवार्ड पाएका स्कूलले जनाएको छ ।
विद्यार्थी गुणीय चक्रको क्षेत्रमा कार्यरत संस्था क्वेष्ट नेपालको आयोजनामा पोखरास्थित सेन्ट मेरिज स्कुलमा पुस ३० देखि माघ २ गतेसम्म तीन दिन चलेको सम्मेलनमा देशभरका करिब ८५ विद्यालयका झन्डै ६ सय जना विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलन अन्तर्गत सहभागीहरु मध्ये विभिन्न पाँच विद्यालयका पाँच जना विद्यार्थीले जेम्सका प्रनवसंगै उक्त अवार्ड प्राप्त गरेका थिए । देशभरबाट हरेक वर्ष पाँच सहभागीलाई मात्र प्रदान गरिने उक्त अवार्ड प्रा. डा. दिनेश चापागाईंकी छोरी मानसीको स्मृतिमा स्थापना गरिएको हो ।

जेम्सलाई क्वालिटी हब अवार्ड
त्यसैगरी, जेम्सले झापा हबलाई उत्कृष्ट हबका रूपमा घोषणा गर्दै सम्मेलनका क्रममा झापा हब क्वालिटी हब अवार्ड २०२६ द्वारा सम्मानित भएको छ । विद्यार्थीको नेतृत्व विकास, गुणस्तरीय सिकाइ र सहकार्यमा आधारित गतिविधिहरूमा प्रभावकारी भूमिका निर्वाह गरेबापत उक्त सम्मान प्रदान गरिएको हो ।
सम्मेलनमा नेपालमा विद्यार्थी गुणीय चक्रका सुरुवातकर्ता प्रा. डा. दिनेश चापागाईं, क्वेष्ट नेपालका अध्यक्ष नारद रिजाल, उपाध्यक्ष ब्राइट फ्यूचर माविका अध्यक्ष मोहन कुमार कार्की,जेम्सका प्रिन्सिपल सागर श्रेष्ठल लगायतको उपस्थिति रहेको थियो ।
टोलीमा जेम्सका कक्षा ६ देखि कक्षा ९ सम्मका ६ बिद्यार्थीहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published.