सृजनशील महिला फुटबलको उपाधि आयोजकलाई

दमक ,४ माघ । झापाको कमल गाउँपालिकामा सञ्चालित दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।कमल- ७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा आयोजकले टाँडी स्पोर्टिङ क्लव मोरङलाई १ का विरुद्ध ३ गोल गरि उपाधि जितेको हो । आयोजकलाई जिताउन खेलको शुरुवाती ३३ औं मिनेटमा जर्सी नम्बर १५ की पूर्णिमा राईले पहिलो गोल गरेर अग्रता दिलाएकी थिइन् ।

निकै दबाबमा राखेको आयोजकले हाफपछि थप २ गोल गरि उपाधि चुम्न सफल भएका थिए । आयोजककी जर्सी नम्बर १० की समिक्षा मगरले ३७ र ५७ औं मिनेटमा एक्लै २ गोल गरेकी थिईन् । उता दबाब खेपेको टाँडीले भने ५१ औ मिनेटमा जर्सी नम्बर १९ की सलिना लोहनीले १ गोल फर्काएकी थिईन् । दुवै टिममा अधिकांस राष्ट्रिय खेलाडीहरु सहभागि रहेका थिए ।

उपाधिसंगै आयोजकले १ लाख १ हजार १११ रुपियासहित ,ट्रफी तथा प्रमाणपत्र पायो भने उपविजेतामै चित्त बुझाएका टाँडीले नगद रु. ५५ हजार ५५५ सहित मेडल ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको आयोजक सृजनशील युवा क्लवले क्लवका सचिव विक्रम निरौलाले बताए । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,कमल ५ का वडाध्यक्ष एलवी विष्ट, १ का वडाध्यक्ष केदार चौहान, ७ का वडाध्यक्ष पृथीपति राई लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । सोहि अवसरमा प्रतियोगिता सफलताका साथ सम्पन्न गराउन सहयोगी संस्थाहरु, दाताहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
२६ पुसदेखि माघ ३ गतेसम्म आयोजना गरिएको उक्त प्रतियोगितामा भारतकोसहित ८ वटा टिमले भाग लिएका क्लवका अध्यक्ष निसान लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published.