पथरी शनिश्चरे, ४ माघ । मोरङको पथरी शनिश्चरे – मा रहेको पाथिभरा नौमती बाजा समूहले आफ्नो देउसी भैलो कार्यक्रमको आय- व्यय सार्वजनिक गरेको छ। शनिबार जलेश्वर शिवालय मन्दिरमा पाथीभरा नौमती बाजा समूह र नौमती बाजा संरक्षण समितिद्वारा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो।
समितिका सचिव दीपक ढुङ्गानाले २ लाख६८ हजार १२६ रूपैयाँ बराबरको कुल आम्दानी र खर्च कटाएर कुल बचत १ लाख ६८ हजार१ सय २७ रूपैयाँ भएको बताए । समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि युवराज बास्कोटाले जेनतेन संस्था रोपिएकोले यो संस्थालाई अझै फलाउने र फुलाउने जिम्मेवारी समितिमा रहेका मानिसहरूको प्रमुख भूमिका रहने उल्लेख गरे पथरी शनिश्चरे क्षेत्रमा सामाजिक संस्कृतिको गर्न हाम्रा लोक संस्कृति बाजागाजाहरु मादल, ढोलक, च्याब्रुङ, डम्फु , जस्तै यो नौमती बाजालाई संरक्षण गर्न पनि हामी सबैले खट्नु पर्ने उनले औल्याए ।
उक्त अवसरमा संरक्षण समितिका सदस्य राजकुमार गेलाल, घनश्याम भट्टराई, घनश्याम अधिकारी, लगायतले आआफ्ना विचार व्यक्त गरे । यस पाथिभरा नौमती बाजा समूहलाई जीवन्त तुल्याउनका लागि विधान संशोधन कार्यदल समिति निर्माण गर्ने र पुरानो समितिलाई विघठन गर्ने पनि छलफल भएको थियो।
नयाँ विधान संशोधन कार्यदल समितिमा निम्न सदस्य रहेका छन् । जसमा संयोजकमा तेजमाया कार्की, सदस्यहरू क्रमशः राजकुमार गेलाल, घनश्याम भट्टराई , मुक्ति अधिकारी र इन्द्र गौतम आजीवन सदस्य बनाउने चयन भएका छन्। उक्त अवसरमा समितिका क्रियाशील सदस्यहरूलाई रुद्राक्ष माला, खाँदा र अविरले सम्मानित गरिएको थियो । १ हजार ५ रूपैयाँ सहयोग पुरयाँउने दाताहरूलाई संस्थाको सदस्यता प्रदान गर्ने सो समितिका सचिव दीपक ढुंगानाले जानकारी दिए ।