धरान,१ माघ । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका -८ स्थित सोनीयाहीमा बिहीबार बिहान ट्रक पल्टिँदा पाँच जना कामदारको मृत्यु भएको छ । विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका पाँचै जना कामदारको मार्बलले किचिएर मृत्यु भएको हो । ज्यान गुमाउनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन् । उनीहरू सबै एकै गाउँका बासिन्दा हुन् ।
ट्रकको अगाडि भागमा बसेका अन्य पाँच जनामध्ये तीन जना सामान्य घाइते भएका छन् । उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनालगत्तै ट्रक चालक भने फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।