गरिबी दर कम भएका कमलसहित १० पालिका

झापा,२६ पुस । राष्ट्रिय तथ्यांक कार्यालयले गरिबी दरका आधारमा स्थानीय तहको वर्गीकरण गरेको छ ।राष्ट्रिय जनगणना २०७८ र जीवनस्तर सर्वेक्षण २०७९-८० का आधारमा यो वर्गीकरण गरेको हो ।
शुक्रबार सार्वजनिक प्रतिवेदन अनुसार सबभन्दा कम गरिबी रहेको पालिकामा मुस्ताङको घरपझोङ गाउँपालिका देखिएको छ ।यहाँका ३ हजार ७२१ जसंख्यामध्ये १.१८ अर्थात् ४४ जना मात्र गरिबीको रेखामुनि छन् ।
दोस्रो थोरै गरिबी दर भएको पालिका मोरङको केराबारी हो। यहाँका ३५ हजार ५०४ जनसंख्यामध्ये २.०८ प्रतिशत गरिबीको रेखामुनि छन्।गोरखाको सहिद लखन गाउँपालिका तेस्रो स्थानमा छ । यहाँका २३ हजार ७६ जनसंख्यामध्ये २.७६ प्रतिशत गरिब छन् ।

चौथोदेखि छैठौंसम्म क्रमशः झापाका तीन गाउँपालिका बुद्धशान्ति, हल्दिवारी र कमल गाउँपालिका रहेका छन् ।त्यस्तै, सातौंमा रूपन्देहीको तिलोत्तमा नगरपालिका, आठौंमा मुस्ताङको लो गेखर दामोदरकुण्ड गाउँपालिका, नवौंमा मनाङको नासेङ गाउँपालिका र दसौंमा तनहुँको बन्दीपुर गाउँपालिका छन् ।
वर्षभरका लागि आधारभूत उपभोग्य वस्तुहरू जोहो गर्न नसक्ने स्थानीय तह गरिबीमा पर्छन् । राष्ट्रिय रूपमा वार्षिक प्रतिव्यक्ति ७२ हजार रूपैयाँ खर्च गर्न नसक्नेलाई गरिबका रूपमा गणना गरिन्छ । प्रदेश अनुसार यो दर फरक हुन्छ। नेपालमा कुल २० प्रतिशत जनसंख्या गरिबीमा पर्छन् ।

 

Leave a Reply

Your email address will not be published.