मानव उद्दार सेवा दमकको अध्यक्षमा पुनः भण्डारी

दमक ,२६ पुस । दमक- २ मा रहेको मानव उद्दार सेवा दमकको अध्यक्षमा पुनः रेवतचन्द्र भण्डारी चुनिएका छन् । शुक्रवार सम्पन्न बार्षिक साधारणसभाले भण्डारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरि पदस्थापन समेत गरिएको छ । सोहि अवसरमा संस्था सञ्चालनमा विभिन्न क्षेत्रबाट सहयोग सामग्रीहरुको हस्तान्तरण गरिएको थियो ।
नवनिर्वाचित समितिको सचिवमा भुपेन्द्र न्यौपाने लगायत रहेका छन् । उक्त संस्थाले सडक मानव तथा सहाराविहीन मानिसको उद्दार तथा पूर्नास्थापना लगायतका मानवीय सेवा उपलव्ध गराउदै आएको छ ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा ,उपप्रमुख रेगिना भटटराई प्रसाईं लगायत स्थानीय संघ संस्थाहरुको उल्लेखनीय सहभागीता रहेको थियो।
सचिव न्यौपानेका अनुसार कार्यक्रममा झापाली समाज इजरायलबाट प्राप्त वासिङ मेसिन र सृजनशील नारी एकता समाजले प्रदान गरेको फ्रिज मानव उद्दार सेवालाई हस्तान्तरण गरिएको छ ।
त्यस्तै, दमकमा रहेका वित्तीय संस्थाहरू मध्ये जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ११ हजार रुपैयाँ, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट ५ हजार, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीबाट ५ हजार, दमक बहुमुखी सहकारीले १० हजार, र डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ५ हजार रुपैयाँ प्रदान गरेका छन्।
यसैगरी नाम्बिन फर्निचर्सका सञ्चालक शालिकराम लिम्बूले २५ हजार रुपैयाँ तथा जर्मनी निवासी प्रदिप अधिकारीले छोराको पहिलो जन्मदिनको अवसर पारेर २० हजार १६० रुपैयाँ ,सुरुचि फर्निचरका संचालक सुरेन्द्र श्रेष्ठले ५ थान, धनेश्वर काष्ठ उद्योगका संचालक सोमबहादुर तामाङले ८ थान साथै क्लब हिमालय टाइगर, दक्षिण कोरिया–अन्तर्राष्ट्रिय समन्वय समितिले ५ थान डोनेसन बक्स प्रदान गरेको छ ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा दिंदै आएको निम्स नेशनल हस्पिटल प्रा.लि. ले मासिक रूपमा चिकित्सीय सेवा निःशुल्क उपलब्ध गराइने घोषणा गरेको छ । त्यस्तै प्यासिफिक फर्माका सचालक लोमस सापकोटाले संस्थालाई आवश्यक पर्ने औषधि मासिक रूपमा निःशुल्क उपलब्ध गराइने प्रतिबद्धता जनाएका थिए ।
यही क्रममा सिग्देल डिपार्टमेन्ट स्टोर्सका सचालक लोकनाथ सिग्देलले मासिक एक बोरा चामल, ५ केजी दाल र ५ लिटर तेल प्रदान गर्ने घोषणा गरे। बिष्णु किराना पसलका संचालक बिष्णु साहले मासिक १३ केजी भुजा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published.