दमक,२० पुस । झापाको कमल गाउँपालिका -७ विष्णुकट्ठामा यहि २६ पुसदेखि ३ माघसम्म दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगिता–२०८२ को तयारी तीव्र पारिएको छ ।
प्रतियोगिता आयोजक संस्था सृजनशील युवा क्लवले आइतवार पत्रकार सम्मेलन गरि खेलको तयारीका बारेमा जानकारी दिएको हो ।क्लवका अध्यक्ष निसान लामिछाने,सचिव विक्रम निरौलाले महिला फुटबलको प्रवद्र्धन, स्थानीय तथा क्षेत्रीय खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना हुन लागेको जनाएका छन् । प्रतियोगिता कमल- ७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११, उपविजेता टिमले नगद रु. ५५ हजार ५५५ सहित मेडल ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने दैनिक खेलमा उत्कृष्ठ हुने एक जना खेलाडप्विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीहरूलाई नगद रु. ५हजार सहित मेडल तथा ट्रफी र सर्वोत्कृष्ट एक जना खेलाडीलाई नगद रु. १० हजारसहित मेडल तथा ट्रफी प्रदान गरिने क्लवले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सफल बनाउन स्थानीय परिवर्तन युवा क्लव मुख्य प्रायोजक रहेको छ भने कमल गाउँपालिका, खेलप्रेमी तथा विभिन्न संघसंस्थाहरुबाट आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको सचिव निरौलाले बताए ।
सोहि अवसरमा क्लवले खेल तालिकासहितको टाइसिट सार्वजनिक गरिएको थियो । प्रतियोगितामा आयोजकसहित भारत बाघडुग्राको जेपीएफसी, केचना फूटवल क्लव पथरी, भद्रपुर झापा फूटवल क्लव, विराट मेघा स्पोर्टस विराटनगर,टाँडी स्पोर्टिङ क्लव मोरङ,पशुपति स्कूल वोमेन्स फूटवल काकरभिटटा, वेलवारी फूटवल क्लव मोरङ र आयोजकगरि ८ वटा टिमले भाग लिएका छन् । प्रतियोगिता अन्तर्गत उद्घाटन खेल आयोजक र विराट मेघा स्पोर्टस विराटनगरवीच खेल हुने आयोजकले जनाएको छ ।
उक्त पत्रकार सम्मेलनमा क्लवका सल्लाहकारहरु रविन गुरुङ,सन्तोष राई , क्लवका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।