दमक,१५ पुस । नेपाल राष्ट्रिय भुपु सैनिक संघ क्षेत्रीय समिति दमकले झापाको कमल गाउँपालिका २ भुत्लुङ्गस्थित ज्योति माध्यमिक विद्यालयका अध्यक्ष तिलक खड्कालाई सम्मान गरेकोछ ।
संघका सदस्य समेत रहेका खड्काले लामोसमयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा पुरयाँएको योगदानको कदर गर्दे सम्मान गरिएको संघका क्षेत्रीय सचिव बलराम धिमालले बताए ।
खड्कालाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की, तोपगाछीस्थित नेपाली सैनिक २१ नम्बर बाहिनीका बाहिनीपति मणीकुमार श्रेष्ठ ,संघका अध्यक्ष गोपाल बहादुर निरौला लगायतले दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए । सोहि अवसरमा संघले विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १० जना विद्यार्थीलाई जाडो कपडा तथा खेलकुद सामाग्रीहरु समेत प्रदान ग।िएको थियो ।
विद्यालयले मनायो ५९औं वार्षिकोत्सव
अभिभावक दिवससहित विद्यालयको उक्त बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयले स्मारिका लोकार्पण गरेको छ । विद्यालयले निकालेको ज्योति स्मारिकाको मुख्यमन्त्री कार्कीले लोकापर्ण गरेका थिए । सोहि अवसरमा शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने १८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो र त्यस्तै स्मारिका प्रकाशनका लागी १० हजार रुपैया भन्दा माथि सहयोग गर्ने दाताहरुलाई समेत प्रंशसा पत्र प्रदान गरिएको थियो ।
स्मारिकाको साहित्यकार दीपक सुवेदीले समीक्षात्मक टिप्पणी गरेका थिए भने स्मारिकाका सम्पादक समिर बाबु कट्टेलले स्मारिकाको विषयमा बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले विद्यालयको तर्फबाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहप्रधानाध्यापक नारायण बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।