दमक,१४ पुस । पानी जमेको खाल्डोमा डुवेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको झापा गाउँपालिका–२ सडकबारी बस्ने दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांश कडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो करिब अढाइ बजे घरअगाडि खेल्ने क्रममा पानी भरिएको खाल्डोमा उनी डुबेका थिए ।
घटनापछि गम्भीर घाइते अवस्थामा रहेका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो। तर उपचारकै क्रममा आइतबार दिउँसो अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।