यायोक्खाद्धारा कमलका तीन पूजारी सम्मानित

दमक,२२ मंसीर । किरात राई यायोक्खा कमलले तीन जना अग्रज पूजारीलाई सम्मान गरेको छ । उद्यौली पर्व तथा येले सम्बत -५०८५ का अवसर पारेर शनिवार पुजारीहरु कमल -५ का कुमार माङपाङ ,कमल -४ का लक्ष्मी राई र कमल -६ का हाङछा राईलाई सम्मान गरिएको हो ।

कमल -५ पाथीभरा चौंकस्थित यायोक्खाको साकेलाथानमा औपचारिक रुपमा साकेला उद्यौली विशेष कार्यक्रम गरि त्यहाँ बैद्धिक विधि अनुसार पूजापाठ गर्नुका साथैं राई समुदायका अग्रज पूजारीहरुलाई सम्मान गरिएको अध्यक्ष हरि राईले बताए ।

उनका अनुसार यायोक्खाले यस क्षेत्रमा लामोसमयदेखि हाम्रा अग्रज पूजारीहरुले पुरयाँउदै आएको पेशालाई थप प्रोत्साहित गर्न सम्मान गरिएको छ । पूजारीहरुले आफना परम्परागत कर्मकाण्डमा यतिका समयसम्म जीवन्त राख्ने कार्य गरिआएपनि उनीहरुको योगदान प्रति कसैले चासो नदिएकाले यायोक्खा कमलले पहिलोपटक राई समुदायका तीन पूजारीलाई सम्मान गरिएको अध्यक्ष राईले बताए ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा यायोक्खा प्रदेश १ का अध्यक्ष पारषमणि राई, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर निरौला, कमल ६ की वडा सदस्य गंगा राई लगायतले बोलेका थिए । कार्यक्रममा किरात राई समुदायको उल्लेखीय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.