दमक उद्योगी,व्यवसायीले गरे डिएसपी तिम्सिनाको विदाई

दमक , २० कार्तिक । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी रामप्रसाद तिम्सिनालाई दमकका उद्योगी,व्यवसायीहरुले फेरि भेटौलासहित विदाई गरेका छन् ।
यहाँका उद्योगी,व्यवसायीहरुको छाता संस्था दमक उद्योग वाणिज्य संघले आज एक कार्यक्रम गरि डिएसपी तिम्सिनाको सम्मानमा विदाई कार्यक्रम गरेको हो । संघको आफनै बैठक कक्षमा आयोजित विदाई कार्यक्रममा सहभागिहरुले दमकको शान्तिसुरक्षा,अमनचयन कायम गर्न डिएसपी तिम्सिनाको योगदान प्रंशसनीय भएको चर्चा गरेका थिए ।
वर्ष दिन अघि इलाका प्रहरी कार्यालय दमकको जिम्मेवारी सम्हालेका डिएसपी तिम्ल्सिनाको कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको थियो । संघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाश प्रसाई, सुनचाँदी व्यवसायी संघ दमकका अध्यक्ष काशी खाँती, होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल,व्यवसायी कृष्ण अधिकारी विदाई भएका तिम्लिसनाको थप कार्य प्रगतिको शुभकामना समेत व्यक्त गरेका थिए ।
सो अवसरमा डिएसपी तिम्सिनाले दमक प्रहरीको जिम्मेवारी सम्हाल्दा आफूले स्थानीय उद्योग व्यवसायी, जनप्रतिनिधि तथा सामाजिक क्षेत्रबाट प्राप्त गरेको सहयोग अस्मिरणीय भएको उल्लेख गरे । उनले दमकसहित यस क्षेत्रको शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न प्राप्त गरेको सहयोग ,सद्भाव प्रति धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published.