ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप : उपाधिका लागि आयोजक र सिरहाको सहलेश भिड्दै

पथरी शनिश्चरे , २० कार्तिक । मोरङको पथरीमा जारी अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८२ को फाइनल भिडन्त आयोजक पथरी -११ फुटबल क्लब र सिरहाको सलहेश युवा क्लबबीच हुने भएको छ ।

dxआज बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पथरी -११ ले ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) लाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।
जाँतेमोडस्थित पथरी रंगशालामा भएको रोमाञ्चक खेलमा पथरी – ११ का सौर्य राउतले २५औं मिनेटमा गरेको उत्कृष्ट गोल नै निर्णायक बनेको थियो।
आजको खेलको म्यान अफ दि म्याच पथरी ११ का सौर्य राउत घोषित भए । उनलाई पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता नवीनजङ्ग कार्की र पथरी- ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले संयुक्त रूपमा ५ हजार रूपैयाँ नगद सहित ट्रफी प्रदान गरे । आजको खेलमा उत्कृष्ट प्रदर्शनका लागि सौर्य राउत ‘म्यान अफ द म्याच’ घोषित भए ।

आजको विजेता पथरी –११ फुटबल क्लब र सलहेस फुटबल क्लब सिराहाबिच फाईनल खेल आगामी कात्तिक २२ गते हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको विजेता टिमले नगद ५ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन्। साथै, विभिन्न विधाहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
शa

Leave a Reply

Your email address will not be published.