केर्खामा देशकै अग्लो माङहिम (मन्दिर )

दमक,१७ कार्तिक । झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा करिव रु १ करोड रुपियाको लागतमा निर्माण गरिएको किरात तियेङलुङ चोलुङ माङहिम (मन्दिर ) । ९३ फिट अग्लो नौ तले नवनिर्मित माङहिम फाल्गुनन्द जन्मजयन्तीका अवसर पारेर यहि कार्तिक २५ गते उद्घाटन गरिने तयारी भईरहेको माङहिम समितिकी सदस्य विष्णु बेघाले बताईन् । माङहिमहरु मध्ये यो देशभरिकै अग्लो माङहिम भएको समितिको दावी छ । किरात धर्मावलम्बीहरुको पहलमा निर्माण गरिएको यस माङहिम उद्घाटन गर्न किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रा हाङमा लिङदेन आउने भएका छन् ।

Leave a Reply

Your email address will not be published.