रास्वपा गौरादहका अध्यक्ष अधिकारीसहित १६ जना जुवाडे पक्राउ

गौरादह, १६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गौरादह नगर अध्यक्ष जगत अधिकारी पक्राउ परेका छन् । गौरादह नगरपालिका -५ स्कुलचौनको सत्कार होटलमा तास खेलिरहेको अवस्थामा गौरादह ३ निवासी अधिकारीसहित १६ जना जुवाडे पक्राउ परेका हुन् ।
होटलमा तास लगायतका जुवाजन्य खेल भईरहेको गोप्य सूचनाका आधारमा गएराति छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीले तास खेल्दै गरिएको खालबाट नगद रु १ लाख ६ हजार ६२० रुपैयासहित तीन बुङ तास समेत बरामद गरिएको प्रहरी निरीक्षक नविन राईले जानकारी दिए ।
यसरी पक्राउ पर्नेमा रास्वपा गौरादह नगर अध्यक्ष अधिकारी,सोहि पार्टीका गौरादह ४ का वडा सभापति युबराज खड्का ,स्थानीयहरु भरत कार्की , हृदय सुवेदी, टंक बराल , सुन व्यवसायी राम फुयाल , केदार मगर, नबराज भट्टराई , रोशन खत्री , बिनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी ,अशोक काफ्ले ,अर्जुन श्रेष्ठ , सुदिप चेम्जोङ्ग रहेको प्रहरीले जनाएको छ ।सो होटलमा लामोसमयदेखि जुवाजन्य प्रतिवन्धित खेलहरु हुदैआएको प्रहरीको दावी छ ।
पक्राउ परेका जुवाडेहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धानका लागि म्याद थप गर्ने कार्य भईरहेको प्रनि राईले बताए ।

Leave a Reply

Your email address will not be published.