हुर्रा नाच टोली सवार बस पल्टिदा एकजनाको मृत्यु , २१ जना घाइते

दमक ,१२ कात्तिक । झापाको दमक ७ मा हुर्रा नाच देखाएर मोरङको मिक्लाजुङतर्फ फर्किदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङ मिक्लाजुङ ३ बस्ने ३६ वर्षीय भिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाईते मगरको दमकस्थित आम्दा अस्पतालमा राति १२.२८ वजे मृत्यु भएको थियो ।
प्रहरीका अनुसार गएराति ११ः५५ बजे दमक –२ पाङमी चोकस्थित भित्री सडकखण्डमा दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो । बसमा ३५ जना नाच टोली यात्रु सवार थिए ।

दुर्घटनामा घाइते हुनेहरुमा मोरङ मिक्लाजुङ -३ बस्ने बर्ष ४१ की सीता मगर,उनका छोरा बर्ष १३ का योगेश मगर, गोबिन्द श्रेष्ठका छोरा बर्ष १४ का विपिन श्रेष्ठ,सोहि ठाँउकी १७ बर्षिया सपना श्रेष्ठ, ३२ बर्षिया नन्दमाया मगर,१८ बर्षिय आशिन लिम्बू, ५५ बर्षिया रामकुमारी मगर, ४५ बर्षिया सीता मगर, सुरेश दर्जीकी छोरी बर्ष १४ की रोनिशा दर्जी, सोही ठाउँ बस्ने बर्ष ५७ का टंकबहादुर गुरुङ, डम्बर श्रेष्ठका छोरा बर्ष ९ का साजन श्रेष्ठ , सोही ठाउँ बस्ने बर्ष २८ की बिष्णुकुमारी लिम्बू ,कृष्ण भुजेलका छोरा बर्ष १५ का निकेश भुजेल रहेका छन् । यसैगरि, सोही ठाउँ बस्ने निर्मल राईका छोरा बर्ष १४ का शिशिर राई, बर्ष ४७ का प्रेम रसाईली, उनकी श्रीमती बर्ष ४५ की रुपा रसाईली, उनका छोरा बर्ष ८ का सन्दिप रसाईली ,मिक्लाजुङ -६ बस्ने भवानी श्रेष्ठका छोरा बर्ष १६ का राजन श्रेष्ठ, सोही ठाउँ बस्ने फुलमाया जोगीकी १५ बर्षिया छोरी एन्जिला जोगी, बर्ष २२ की पुनम मगर र सोही ठाउँ बस्ने बर्ष १९ की अनुसा मगर घाईते भएका छन् ।

घाइते २१ जनामध्ये २० जना आज विहान ६ः३० बजे आम्दा अस्पतालमा उपचार पछि घर फर्किएको र घाइते मध्ये सपना श्रेष्ठको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बस चालक मिक्लाजुङ गाउँपालिका ३ बस्ने बर्ष ३९ का भक्तबहादुर दर्जीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.