दमक,४ कार्तिक । लिम्बू भाषाको मौलिक पनमा प्रस्तुति दिएर निकै फयान कमाएका पूर्वका दुई जना हस्तीले दमकमा भोलि बुधबार (५ कार्तिक) मा विशेष प्रस्तुति दिने भएका छन् । इलाम, चुलाचुली घर भएका भवानी खतिवडा र दमकका टंक ढकालले मनोरञ्जनात्मक प्रस्तुति दिने भएका हुन् ।
नेपाल लोकतन्त्रिक सांस्कृतिक संघ दमकका संयोजक समेत रहेका प्रतिभावान ढकालका अनसार दमकको आकासे पुलमा चर्चित कलाकर्मी खतिवडा दिने कार्यक्रम तय गरिएको छ । पेशाले शिक्षक समेत रहेका खतिवडा सामाजिक सञ्जालमा लिम्बू भाषको मिठास शव्द संगै अर्गानिक प्रस्तुतिका कारण चर्चित छन् । तिहारको उपलक्ष्यमा विहान ११ वजे हुने सो कार्यक्रममा कलाकार खतिवडाले लिम्बू भाषाको मिठासपूर्ण संवाद दिने छन् ।
लिम्बूवान भूमि ताप्लेजुङमा हुर्किएका खतिवडाको उठबस र घुलमिलकै कारण भाषाको लवजमा आर्कषित बनाएको थियो । त्यही परिवेसले मैले लिम्बू भाषाको क्चारिकेचर गर्न आनन्द लागेको उनको भनाइए छ ।
खतिवडासंगै ढकाल समेतको संयुक्त प्रस्तुतिले कार्यक्रम झनै रमाइलो हुने आयोजकको अनुमान छ । ढकाल पनि भाषिक करिकेचरमा खप्पिस मानिन्छन् । उनले सामाजिक सञ्जालमा निकै ठुलो फयान कमाइसकेका छन् ।