दमक ,१ कार्तिक । दमकका अग्रज साहित्यकार तथा लेखक डा. लेखनाथ न्यौपानेको ‘ स्वस्थ्य जीवन ’कृति वजारमा ल्याएका छन् ।दमकमा शुक्रवार एक कार्यक्रमका वीच डा. न्यौपानेद्धारा लिखीत कृतिको अग्रज कवि तथा साहित्यकार डा. तुलसी प्रसाद भट्टराईसहितका श्रष्टाहरुले संयुक्त रुपमा लोकार्पण गरे । लेखक डा. न्यौपानेको यो पुस्तक पाँचौं कृति हो ।
सार्वजनिक गरिएको सो कृतिमा स्वस्थ्य जीवन जीउनका लागि मानिसले गर्नुपर्ने उपायका विषयमा चर्चा गरिएको लेखक डा. न्यौपानेको भनाई छ ।कृति सार्वजनिकरण कार्यक्रममा सिस्नु पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नेगे, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी,साहित्यकला संगमका अध्यक्ष बिन्दु दाहाल (मुकदर्शक) ,प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराई,अग्रज साहित्यकारहरु खेमलाल पोखरेल,डा. खगेन्द्र दाहाल, छबिरमण न्यौपाने लवगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो । कृतिको समिक्षात्मक टिप्पणी डा. गुरु पौडेल र सहित्यकार मेघनाथ बन्धुले गरेका थिए ।
सोहि अवसरमा साहित्य कला सङ्गमले मासिक रुपमा सञ्चालन गरिआएको सिर्जनशिल रचना वाचनको ५६ औं श्रृङ्खला समेत सम्पन्न भएको छ ।रचना वाचन गर्ने स्रष्टाहरुमा साहित्य कला संगमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले,दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल,सचिव बीरेन्द्र खडका,सहसचिव मेघनाथ बन्धु,कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी,सदस्यहरु बिवेक दुलाल क्षेत्री, रामप्रसाद उपाध्याय,साहित्यकारहरु पदम ओली ,चन्द्र सम्बाहामफे,जय मोक्तान,हिमाल सुब्बा गुराश,टंक पाठक, गोपाल दहाल, अम्बिका प्र. सापकोटा , भगवती दवाडी ,शारदा निरौला, डिल्ली निरौला, खड्ग बहादुर खडका ,किशोर खनाल, भुपेन्द्र तिम्सिनाले रचना वाचन गरेका थिए ।
कार्यक्रममा बुढ्यौली साहित्य समाज झापाका अध्यक्ष हरिप्रसाद रिमाल,प्राच्य बिज्ञान प्रतिष्ठान दमकका अध्यक्ष मोहन प्रसाद भण्डारी,मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्र प्रसाद धिमीरे ,साहित्यकारहरु तुलसी भटटराई बिर्तामोड ,दुर्गाप्रसाद सिग्देल ,कवि जीवनहरि शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दमक – ५ स्थित दिपिनी आधारभुत विद्यालयमा भएको कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।