दमक ,४ साउन । झापाको दमकमा रहेको भ्यूटावर (व्यापारिक कम्प्लेक्स )सर्वसाधारणका लागि खुला भएसँगै अवलोकनका लागि पुग्नेहरूको सङ्ख्या बढिरहेको छ ।
गत साउन १ गतेदेखि औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिएको यस ठाउँमा दिनहुँ जसो ठmुो संख्यामा अवलोकनमा आउने संख्या बढ्दै गएको हो ।
साउन १ गते ४ सय १८ सर्वसाधारणले अवलोकन गरेकोमा २ गते ३ सय ८१ र ३ गते ४ सय ८१ जनाले अवलोकन गरेका सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङ्ले जानकारी दिए ।
बिहान १० देखि बेलुकी ५ बजेसम्म खुला गरिएको छ भने प्रति व्यक्ति प्रवेश शुल्क एक सय तोकिएको छ । सहरी विकास मन्त्रालयले साउन १ बाट परीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सो कम्प्लेक्स सञ्चालनमा आएको हो । एक सय मिटर अग्लो उक्त कप्लेक्स १८ तलाको छ ।
यो कम्प्लेक्स ७२ मिटर उचाइ कङ्क्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको रहेको छ । यो धरहराभन्दा अग्लो छ । दमक चौंकदेख करिव ६ किलोमिटर दमक ४ स्थित दापगाछीमा निर्माण भएको यस भ्यूटावको गतवर्षको मंसीर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।