झापा, २१ असार । सिटी सफारी अनियन्त्रीत भई दुर्घटना हुँदा झापाको मेचीनगर नगरपालिकामा शनिवार बिहान एक जना सफारी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–११ निवासी ३२ वर्षीय चालक राज कररिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर –१० स्थित ढाड चोकको भित्री सडक खण्डमा महामती फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी शनिवार बिहान करिब ९ः३० बजे आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा हुदाँ उनी गम्भीर घाइते भएका थिए।
घाइते कररियालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा बिहान १०.०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनाको समयमा सिटी सफारीमा अन्य कोही सवार नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।