Post Views: 12
-डा. लेखनाथ न्यौपाने
शरीरमा उत्पन्न हुने विभिन्न प्रकारका बिकारलाई रक्तसञ्चारको माध्यमबाट मिर्गौलासम्म पु¥याउने र त्यहाँ छानिएर अनावश्य वस्तु र पानीलाई पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने प्रक्रियालाई मुत्र प्रणाली भनिन्छ । शरीरमा उत्पन्न विकृत पदार्थ छान्ने क्रममा केही मानिसमा देखिने समस्याहरू पथरिया, मुत्रथैली सुन्निने (सिस्टाइटिस), पिसावमा सङ्क्रमण, मिर्गौला फेल र यौन कमजोरी मुख्य हुन् ।
मिर्गौलामा पत्थर (स्टोन) बन्ने प्रक्रियालाई सामान्य भाषामा पथरिया भनेर चिनिन्छ । विभिन्न कारणले मुत्रप्रणालीका विकार तत्त्वलाई पिसाबको माध्यमबाट बाहिर निकाल्न नसक्ता तिनै मसिना कणहरू जम्मा भएर पत्थर बन्ने गरेको हो । पत्थर प्रकृतिअनुसार पाँच प्रकारका हुन्छन्, क्याल्सियम ओक्जालेट, क्याल्सियम फस्फेट, स्ट्रुभिट स्टोन, युरिक एसिड स्टोन र सिस्टिन स्टोन ।
क्याल्सियम आक्जालेट : हामीले खाएको खानामा पाइने क्याल्सियमले हड्डी बलियो बनाउन र शरीरलाई रोग प्रतिरोधात्मक क्षमता वढाउन सघाउँछ । क्याल्सियमको एक प्रकार हो अक्जालेट । कालो चिया, बिट्स, कालो चकलेट, नट्स, आलु र पालकको सागमा रहेको अक्जालेट राम्रोसँग शोषण हुँदैन । मिर्गाैलाले यस्ता कणहरू छान्न सकेन भने पत्थरको रूपमा विकास हुन्छन् । पिसाबको जाँचमा उच्च लेबलमा क्याल्सियम र लो लेबलमा सिटरेट देखिन्छ । यस्ता पत्थरलाई क्याल्सियम अक्जालेट भनिन्छ र यस्तो प्रकारको पथरिया धेरै बिरामीमा पाइन्छ ।
क्याल्सियम फस्फेट : फस्फेट क्याल्यिमको एउटा प्रकार हो । जन्मैदेखि मुत्र प्रणालीको सामान्य काममा अवरोध भएर मिर्गौलाले फस्फेट छान्न सकेन भने यही जम्मा भएर कडा हुन्छ । यस्ता पत्थरलाई क्याल्सियम फस्फेट भनिन्छ ।
स्ट्रुभिट स्टोन: महिलाहरूमा धेरै देखिने स्ट्रुभिट स्टोन पटकपटक पिसाबमा हुने सङ्क्रमणले उत्पन्न गराउँछ । यस्ता पत्थर चाँडै बढ्ने र दोहोरिएर बन्ने गर्छन् । यसको बेलैमा उपचार हुन नसके मिर्गाैलामा समस्या देखा पर्ने अथवा मृगौला फेल हुने सम्भावना धेरै रहन्छ ।
युरिक एसिड स्टोन : पुरुषलाई धेरै देखिने युरिक एसिड स्टोन पानी थोरै पिउने, माछामासु धेरै खाने र गाउट प्रकृतिको बाथ रोग हुनुलाई मुख्य कारण मानिन्छ । युरिक एसिडका कण क्रमशः जम्मा भएर बन्ने पत्थर कडा, धेरैवटा हुन्छन र पटकपटक बनिरहन्न । त्यस्ता बिरामीको पिसाबमा कडा गन्ध हुन्छ ।सिस्टिन स्टोन : प्रशस्त मात्रामा एमिनो एसिड बन्ने र पिसाबबाट सबै बाहिर नजाने भएमा जम्मा भएर सिस्टिन स्टोन बन्दछ । जन्मजात अथवा जेनेटिक रूपमा यस्तो पत्थर धेरैलाई भएको पाइन्छ ।

पाचन प्रणाली, मुत्र प्रणाली, मस्तिष्क, छाती, फोक्सो, घाँटी र ग्रन्थिमा मुख्य प्रभाव देखाउने लाइकोपोडियमले दाहिने भागमा धरै असर देखाउँछ । पाचन तन्त्र कमजोर भएका कारण पेटमा ग्यास बन्ने र ग्यासका कारण भोक लागेजस्तो हुने तर केही गाँस खाएपछि अघाएको (इजिी सेटाइटी) महसुस हुने, घाँटी दुख्ने, आवाज भासिने, चिसो पिउनाले बढ्ने, टन्सिल सुन्निने हुन्छ । पेट र घाँटीको समस्या तातो खाँदा आराम हुन्छ । खानापछि, चिसोको प्रयोग, हिँड्डुल, पिसाब फेरेपछि र पाद या डकारेपछि आराम हुन्छ अरु लक्षणमा । दाहिने मिर्गौलाको पथरिया होस या पेटको दुखाइ होस्, घाँटी अनि टाउको दुखाइ दाहिनेबाट सुरु भएर देब्रेतर्फ लागेमा उपयोगी हुन्छ । पिसाब छिटोछिटो लाग्ने, किडनीबाट दुखेर मुत्रथैली र मुत्रनलीतर्फ दुखाइ सर्ने, पिसाब फेर्नुअघि धेरै दुख्ने, साना नानीहरू पिसाब फेर्न डराउने, कालिने गर्छन् । पिसाबमा मसिना राता कणहरू देख्न सकिन्छ ।
…………………………………………………………..
-परीक्षण
मिर्गाैलामा, पिसाब नलीमा र मुत्रथैलीमा देखिने पत्थरको अल्ट्रासाउन्ड गराएर कहाँ र कत्रो आकारमा छ, सजिलै पत्ता लगाउन सकिन्छ । पिसाबको रुटिन जाँच र रगतमा युरिक एसिड अनि क्याल्सियम लगायतको जाँच गरेर कुन प्रकारको पत्थर हो भन्ने थाहा पाउन सघाउँछ । गहतलाई पहिलेको समयमा ठूलाठूला पत्थर फुटाउन प्रयोग गरिन्थ्यो । आज पनि गहत पथरिया र पिसाबसम्बन्धी समस्यामा खाने गरिन्छ । होमियोप्याथिक औषधिले बिना शल्यक्रिया पत्थर गलाउँछ र पिसाबमार्ग भएर बाहिर निकाल्छ । केही प्राविधिक समस्या, उमेर र औषधि सेवन गर्न असहज अवस्थाबाहेक अरूलाई होमियोप्याथिक औषधि कारगर साबित भएको छ । यस्ता औषधिले पटकपटक पिसाबमा देखिने सङ्क्रमण र पथरिया दोबारा बन्ने समस्या पनि हटेर जान्छ ।
बर्बेरिस भल्गेरिस : मुत्र प्रणाली र म्युकस मेम्ब्रेनमा मुख्य प्रभाव देखाउने बर्बेरिस भल्गेरिसमा युरिक एसिड प्रकृतिको स्टोन धेरै बन्ने गर्छ । युरिक एसिड बाथ भएका मानिसहरूमा कलेजो, पित्त अनि रक्तनसामा पनि असर देखिन्छ । जसका कारण कलेजोमा असर र पित्तमा पनि पत्थर बन्ने, पायल्स भएका बिरामीलाई मलद्वार दुख्ने, सुन्निने गर्छ र रगत पनि देखिन्छ । दिसाद्धार छेउमा देखिने फिस्चुलामा पनि उपयोगी हुन्छ बर्बेरिस । बर्बेरिस मिर्गौला पथरी र रिनल कोलिकमा उपयोगी हुन्छ । दुखाइ मिर्गौलाबाट मुत्रथैलीतिर तीव्र रूपमा झर्छ । यस्तो दुखाइको ठाउँ परिवर्तन हुन्छ । घरी दाहिने, घरी तल या माथि दुख्छ । पिसाब पोल्छ । पिसाब नगरेका बेलामा मुत्रनलीमा पोल्छ, दुख्छ । प्रोस्टेट समस्यामा पिसाब खुलेर नहुने जस्ता लक्षण हुन्छन् । रिनल पेन हिँड्डुल गरेमा, जिउ हल्लिएमा, हलचलले, पिसाब फेर्दा, धेरै उज्यालो लाइटले बढ्छ । शरीरको देब्रे भागमा धेरै प्रभाव देखाउने यो औषधि लेफ्ट रिनल पेन (दाहिने रिनल पेनमा सारसापेरिला, लाइकोपोडियम)मा धेरै उपयोगी हुन्छ । म्युकस मेम्ब्रेन सुख्खा हुने कारणले पनि हलचलबाट धेरै दुख्ने गर्छ । जसलाई नरम बनाउन पनि प्रशस्त झोल खानेकुरा खानुपर्छ । मदर टिन्चर १०÷१० थोपा दिनमा तीन पटक केही दिन लगातार सेवन गरेर रिजल्ट पाउन सकिन्छ । रिजल्ट नआएमा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
सारसापेरिला : मुख्य प्रभाव मुत्र प्रणालीमा देखाउने सारसापेरिला राइट साइडेड रिमेडी भनेर चिनिन्छ । छालामा विशेष गरेर हात र पैतालाका औला र हत्केलामा गहिरो चिरिन्छ, चिलाउँछ । छालामा कडा प्रकृतिका दाना (इरप्सन) आउने गर्छ । महिलाहरूमा स्तनको निप्पल फुटने र भित्र पस्ने लक्षणहरू देखिन्छन भने पुरुषमा प्रजनन एरियामा धेरै गनाउने पसिना र बिर्यमा रगत देखिन्छ । पिसाब पोल्ने, पिसाबमा मसिना कण देखापर्ने, पिसाब फेर्दा अन्तिमतिर तीव्र रूपमा दुख्ने, केटाकेटीहरू यही कारणले पिसाब फेर्न डराउँछन् । यदि पिसाब बाहिर या भाँडामा फेराउने हो भने मसिना कणहरू देखिन सक्छन् । दाहिने मगौलाबाट दुखेर मुत्रथैली, पेल्भिस र डँडाल्नामा फैलिन्छ । पिसाब फेर्न बसेर भन्दा उठेर सहज हुने लक्षण कोनियममा जस्तै सासापेरिलामा पनि छ । यसको मदर टिन्चर १०÷१० थोपा ३ पटक अथवा ३० या २०० पोटेन्सिमा केहि डोज दिएर रिजल्टको प्रतीक्षा गर्नुपर्छ ।
लाइकोपोडियम : पाचन प्रणाली, मुत्र प्रणाली, मस्तिष्क, छाती, फोक्सो, घाँटी र ग्रन्थिमा मुख्य प्रभाव देखाउने लाइकोपोडियमले दाहिने भागमा धरै असर देखाउँछ । पाचन तन्त्र कमजोर भएका कारण पेटमा ग्यास बन्ने र ग्यासका कारण भोक लागेजस्तो हुने तर केही गाँस खाएपछि अघाएको (इजिी सेटाइटी) महसुस हुने, घाँटी दुख्ने, आवाज भासिने, चिसो पिउनाले बढ्ने, टन्सिल सुन्निने हुन्छ । पेट र घाँटीको समस्या तातो खाँदा आराम हुन्छ । खानापछि, चिसोको प्रयोग, हिँड्डुल, पिसाब फेरेपछि र पाद या डकारेपछि आराम हुन्छ अरु लक्षणमा । दाहिने मिर्गौलाको पथरिया होस या पेटको दुखाइ होस्, घाँटी अनि टाउको दुखाइ दाहिनेबाट सुरु भएर देब्रेतर्फ लागेमा उपयोगी हुन्छ । पिसाब छिटोछिटो लाग्ने, किडनीबाट दुखेर मुत्रथैली र मुत्रनलीतर्फ दुखाइ सर्ने, पिसाब फेर्नुअघि धेरै दुख्ने, साना नानीहरू पिसाब फेर्न डराउने, कालिने गर्छन् । पिसाबमा मसिना राता कणहरू देख्न सकिन्छ ।
पिसाबमा बग्ने कणका कारण रगत आउन सक्छ । यसरी नै पुरुषमा यौन कमजोरी, इच्छा धेरै तर शिथिल लिङ्गका कारण निरास रहने, कुनै काममा उत्तरदायित्व लिन डराउने, अरूलाई तल देखाउने र अरूको ष मात्र देख्ने स्वभाव भएका डरपोक प्रकृतिका मानिस र धेरै गुलियो खानेकुरा रुचाउनेलाई लाइकोपोडियमको ३० या २०० पोटेन्सिको केही खोराक दिएर रिजल्ट पर्खिनुपर्छ । यसले विस्तारै र लामो समयसम्म काम गर्ने हुँदा छिटोछिटो औषधि रिपिट गर्नु हुँदैन ।दो
साइलिसिया ः कमजोर अथवा डिफेक्टिभ पाचन प्रक्रियाका कारण कमजोर शरीर, पेट मात्र ठूलो भएका शरीरमा चिसो धेरै लाग्ने, पसिना धेरै आउने, हात पैतालामा चिसो पसिना आएका कारण छाम्दा हात चिसो लाग्ने, गर्मीमा पनि बाक्ला लुगा लगाउने, कतै बोल्नु पर्दा डराउने, शरीर काम्ने तर मिहेनती र सफल भएर छाड्ने प्रकृतिका मानिसमा उपयोगी औषधि हो साइलिसिया । धेरै पटक पिसाब लाग्ने, लाग्दा दुख्ने, केटाकेटीले राति ओछ्यानमा पिसाब फेर्ने, पटकपटक पिसाबमा समस्या आउने या सङ्क्रमण भइरहने जस्ता लक्षणसँगै यदि स्टोन देखिएमा र दोहोरिरहने भएमा साइलिसियाको ३० या २०० पोटेन्सिमा केही डोज दिएर रिजल्ट पर्खिनुपर्छ । लामो समयसम्म यो औषधिले काम गर्ने भएकाले तुरुन्तै रिपिट गर्नु हुँदैन ।
सोलिडेगो भर्गा : मिर्गाैलामा भएको कमजोरी अथवा फङसनमा समस्याका कारण पिसाबको रङ गाढा, थोरै र पिसाब फेर्न असहज भइरहन्छ । पिसाबमा प्रोटिन, म्यिुकसजस्ता पदार्थ देखिन्छन् । मिर्गौला दुख्ने, असहज महसुस हुने, सुन्निने (क्रोनिक नेफ्राइटिस) मुत्रथैली सुन्निने, प्रोस्टेट वढेर पिसाबको धारो सानो जानेजस्ता लक्षण देखिएमा सोलिडेगो मदर टिचर १०÷१० थोपा दिनमा तीन पटक थोरै पानीमा राखेर केही हप्ता सेवन गर्ने । यो औषधिले मिर्गौला कमजोर हुनबाट बचाउँछ, प्रोटिन र क्रिएटिनिन घटाउन सघाउँछ ।
पेरारिया ब्राभा : मुख्य गरेर मुत्र प्रणालीमा प्रभाव देखाउने पेरारिया ब्राभामा लगातार पिसाब लागेजस्तो भइरहने, मुत्रथैलीमा दुखाइ भइरहने अझ दुखाइ पिसाब फेर्दा तिघ्रा र अझै तलसम्म आउने, पिसाब फेर्न निकै कठिन हुने पिसाबको रङ रातो या कालो, फिँज धेरै भएको र राता कणहरू देखिने हुन्छ । विशेष गरेर देब्रे मिर्गौलाबाट दुखाइ सुरु भएर अन्यत्र फैलिन्छ । एउटै बिरामीमा रिनल कोलिक, प्रोस्टेट समस्या र पिसाब पोल्ने या पिसाब फेर्न कठिन भएमा पेरारिया निकै उपयोगी औषधि हो । यसको मदर टिन्चर १०÷१० थोपा दिनमा तीन पटक केही दिनसम्म सेवन गरेर रिजल्ट पर्खिनुपर्छ ।
क्यान्थरिस : मुख्य प्रभाव मुत्र प्रणालीमा देखाउने क्यान्थरिसले मुत्र प्रणालीका विभिन्न भागमा सुन्निने, दुख्ने, पिसाब अत्यधिक पोल्ने, तातो रगत मिसिएको पिसाब आउने, मुत्रथैली र मुत्रनलीमा तातो फलामले डामेजस्तो पोल्ने हुन्छ । बिरामीलाई पिसाब फेर्दा, पानी पिउँदा, उज्यालो हेर्दा, पानी बगेको आवाजले, चिसोले झनै समस्या बढ्छ । तातो पानी पिएमा या तातोको सेकले र बिस्तारै मालिस गरेमा आराम महसुस हुन्छ । किडनी रिजनमा छुन डराउने, अचानक मृगौला सुन्निने, रिनल कोलिक, पुरुषको लिङ्ग अचानक सुन्निने, यौन इच्छा तीव्र रूपमा बढेर जाने, बिर्यमा रगत देखिएमा र महिलामा पनि पिसाब पोल्नेसँगै यौन इच्छा बढेर जानेजस्ता लक्षण देखिएमा ३० या २०० पोटेन्सिमा केही डोज दिएर रिजल्टको प्रतीक्षा गर्नुपर्छ ।
ओसिमम केनम : मुख्य गरेर मुत्र प्रणालीमा असर देखाउने ओसिमम केनमको दुखाइ दाहिने मिर्गौलाबाट सुरु भएर युरेटरतिर आउँछ । पथरियाको दुखाइसँगै पिसाब पोल्ने, पिसाबमा रगत देखिने र राता कणहरू पनि देखिन्छन् । महिलाको स्तन सुन्निने, निप्पल दुख्नेजस्ता लक्षणहरू पनि देखिन्छन् । यसको मदर टिन्चर १०÷१० थोपाका दरले दिनमा ३ पटक लिन सकिन्छ ।
इक्युजेटम : मुत्र प्रणालीमा प्रभाव देखाउने इक्युजेटमले मुत्रथैली पिसाबले भरिएको महसुस हुन्छ, पिसाब पनि मजाले जान्छ तर सकिएको महसुस नहुने हुन्छ । लगातार पिसाब फेर्न मन लाग्ने, थैलामा पोलेजस्तो, दुखेजस्तो, असजिलो भइरहने हुन्छ । राति थाहै नपाई ओछ्ययानमै पिसाब हुने, विशेष गरेर केटाकेटीले राति पिसाब गरिदिने, पिसाबमा धेरै म्युकस देखिने गरेमा मदर टिन्चर १०-१० थोपा केही हप्ता सेवन गर्नुपर्छ । (लेखक, दमकस्थित रीता होमियो क्लिीनिक दमकका सञ्चालक हुन्। )