-सवैभन्दा बढी मेची, कम हल्दीवारी
दमक, १० असार । झापाका १५ वटै स्थानीय तहले वजेट ल्याएका छन् ।असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुरुप जिल्लाका १५ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२ -२०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
झापाको दमकसहित भद्रपुर,विर्तामोड,मेचीनगर ,अर्जुनधारा,शिवसताक्षी, गौरादह र कन्काई नगरपालिका र कमल,गौंरीगञ्ज,बुद्धशान्ति ,कचनकवल,बाह्दशी, झापा गाउँपालिका र हल्दिवारी गाउँपालिकाले गाँउ, नगर सभामार्फत वजेट प्रस्तुत गरेका छन् । जिल्लाका ८ नगरपालिका र ७ गाउँपालिकामध्ये सबैभन्दा ठूलो बजेट मेचीनगर नगरपालिकाले ल्याएको छ । गाउँपालिकामध्ये सबैभन्दा ठूलो बजेट कमल गाउँपालिकाको रहेको छ । त्यस्तै सबैभन्दा कम बजेट हल्दिवारीले ल्याएको छ ।
दमकको १ अर्ब ४७ करोड बढीको बजेट पेश
दमक नगरपालिकाको १७ औँ नगरसभा बुधबार बसेको छ ।नगर प्रमुख रामकुमार थापा अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक रेगिना भट्टराई प्रसाईले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सहित कुल १ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन् ।
प्रस्तुत बजेटमा चालु र पुँजीगत खर्चको प्रतिशत हाराहारी रहेको छ । चालू खर्च ७१ करोड २९ लाख ५० हजार अर्थात ४८.५५ प्रतिशत प्रक्षेपण गरिएको छ भने पुँजीगत खर्च ७४ करोड ५० लाख ५० हजार अर्थात ५०.६५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । दमक अस्पतालका लागि विशेष विनियोजनका रुपमा ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा नगरपालिकाको आन्तरिक आम्दानी ३४ करोड ९१ लाख ५४ हजार रुपैयाँ हुने अनुमान गरिएको छ भने संघीय सरकारको अनुदान ७२ करोड ८४ लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारको अनुदान ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट २९ करोड ३० लाख ५९ हजार रुपैयाँ राजश्व उठ्ने अनुमान गरिएको छ । त्यस्तै विभिन्न जनसहभागितामुलक योजनाहरुमा जनसहभागिता वापत १ करोड रुपैयाँ र दमक अस्पतालको बीमा दावीबाट ३९ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।
बजेटले सामाजिक समावेशीता, पूर्वाधार विकास, गुणस्तरीय सेवा प्रवाह, डिजिटल नगर निर्माण, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन, युवा तथा महिला सशक्तिकरण, खेलकुद लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको वजेटमा उल्लेख छ ।
बिर्तामोडको १ अर्ब ५१ करोड ८३ लाख बढीको बजेट
विर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि सामाजिक सुरक्षा भत्ताबाहेक १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार बराबरको बजेट ल्याएको छ ।दोस्रो नगर सभाको सातौ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट सार्बजनिक गरे ।
बाह्रदशी गाउँपालिकाको ५५ करोड १८ लाख बढी वजेट
बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६ सय रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको बैठकमा गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटीले सभामा प्रस्तावित आयव्यय सहितको बजेट प्रस्तुत गरिन् ।
भद्रपुरको रू ८० करोड बढीको बजेट
भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि रू ८० करोड बढी बजेट सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा आयोजित नगर सभाको १६ औं अधिवेशनमा नगर उपप्रमुख राधा कार्कीले रू ८० करोड पाँच लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरिन् ।
नगरको वास्तविक आवश्यकतालाई पहिचान गरी बजेट निर्माण गरिएको उपप्रमुख कार्कीले बताइन् । चालू आर्थिक वर्ष २०८१-८२ मा रू १ अर्ब २ करोड २० लाख १९ हजार बजेट रहेकोमा आगामी आर्थिक वर्ष २०८२-८३ का लागि रू २२ करोड १४ लाख ९१ हजार न्यून बजेट सार्वजनिक भएको छ ।
हल्दीबारीको ४९ करोड ७७ लाखको वजेट
हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ४९ करोड ७७ लाख ७१ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार भएको गाउँ सभामा गाउँपालिकाको गाउँसभामार्फत उक्त रकमको बजेट सार्बजनिक गरेको हो ।
मेचीको एक अर्ब ८२ करोड बढीको बजेट
मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ -०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलवार सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन् ।
बुद्धशान्तिको ६७ करोड ६७ लाख बढीको वजेट
बुद्धशान्ति गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि ६७ करोड ६७ लाख ३७ हजार ८ सय रुपैयाको बजेट सार्बजनिक गरेको छ । दोस्रो गाउँसभाको १६ औ बैठकमार्फत गाँउपालिकाका उपाध्यक्ष भवानी खतिवडाले कृषिमा आधुनिकीकरण,लघुउद्यममा स्वरोजगारी, पूर्बाधारको गुणस्तरमा प्राथमिकता दिदै बजेट सार्बजनिक गरे ।
झापाले ल्यायो ५१ करोड ४२ लाख बढीको वजेट
झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि सार्वजनिक गरेको बजेटमा जनकल्याणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको अठारौं गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले सार्वजनिक गरेको ५१ करोड ४२ लाख ४३ हजार ५ सय ६४ रुपैयाँको बजेटमा नागरिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना समावेश गरिएको छ ।
अर्जुनधाराको ९५ करोड बढीको वजेट
अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३को लागि अनुमानित ९५ करोड नौ लाख २१ हजार बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजन गरेको उक्त बजेट, वार्षिक निती तथा कार्यक्रम मंगलबार आयोजित नगर सभाको १७औं नियमित अधिवेशनमा नगरपालिकाकी उपप्रमुख एवम् बजेट तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले पेश गरिन् । नगरले उद्यमशिलतामैत्री शिक्षाको नीति अवलम्वन गर्ने, हात्ती प्रभावित राहत कार्यक्रमलाई निरुत्साहित गर्दै हात्ती प्रभावित बीमा कार्यक्रम प्रवद्र्धन गर्ने, सुपारी प्रवद्र्धनअन्तर्गत अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्ने तथा सुपारी क्षेत्र विस्तार गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।
कचनकवलको ६६ करोड १९ लाख बढीको वजेट
कचनकवल गाउँपालिकाले ६६ करोड १९ लाख ७९ हजार ५३० रुपैयाको बजेट सार्बजनिक गरेको छ । दोस्रो गाउँसभाको १७ औ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नबराज भट्टराईले प्रस्तुत गरे ।
शिवसताक्षीको ९१ करोड ७३ लाख बढीको वजेट
शिबसताक्षी नगरपालिकाले पनि आगामी आर्थिक बर्षका लागि सामाजिक सुरक्षाबाहेक ९१ करोड,७३ लाख ८८ हजार ४ सय ४४ रुपैयाँको बजेट ल्याएको छ । नगर सभाको १६ औ बैठकमार्फत नगरकी उपप्रमुख नरमाया कार्कीले प्रस्तुत गरिन् । नगरले आगामी आर्थिक बर्षको बजेटमा धार्मिक पर्यटन, र युवालाई प्राथमिकतामा राखेर बजेट ल्याएको उपप्रमुख कार्कीले जानकारी दिईन् ।
गौरीगञ्जको ५३ करोड ८६ लाख बढीको वजेट
गौरीगञ्ज गाउँपालिकाले १७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ५३ करोड ८६ लाख ९६ हजार ४ सय ४० रुपैयाँको बजेट ल्याएको छ ।गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटको प्रमुख अंश पालिकाका गौरवका योजनामा केन्द्रित गरिएको छ । यस अन्तर्गत “गौरीगंज आवास निर्माण” योजनामा १ करोड र हुलाकी सडक डिभाइडर रेलिङ्ग तथा बत्ती व्यवस्थापनमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि र पशुपालनलाई बजेटले प्राथमिकता दिएको छ । कृषिमा १ करोड ५० लाख र पशु सेवामा ५० लाख छुट्याइएको छ । स्वास्थ्य तथा पोषण क्षेत्रमा १ करोड र गौरीगंज आधारभूत अस्पताल सञ्चालनका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षामा १ करोड ९० लाख, खानेपानी तथा सरसफाइमा १० लाख, युवा तथा खेलकुदमा १९ लाख, महिला लक्षित कार्यक्रममा ८ लाख, पूर्वाधार विकासमा ९५ लाख, वन तथा वातावरण क्षेत्रमा २५ लाख बजेट छुट्याइएको छ । संस्थागत विकास तथा सुशासनमा १ करोड २२ लाख, सूचना तथा सञ्चार कार्यक्रममा ५ लाख, न्यायिक समितिमा ७ लाख र सुरक्षा निकाय सबलीकरणमा ५ लाख बजेट राखिएको छ ।
बजेटको खर्च व्यहोर्ने मुख्य स्रोत संघीय समानीकरण अनुदानबाट ११ करोड ५१ लाख, सशर्त अनुदान (चालू) २० करोड १८ लाख, पूँजिगततर्फ ६१ लाख, विशेष अनुदान ६९ लाख र समपूरक अनुदान ८७ लाख रहेको छ । बाँडफाँड हुने राजस्वबाट ३३ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १० करोड ६३ लाख ६ हजार रुपैयाँ र साझेदारीमा आधारित समपूरक अनुदान १६ लाख ७७ हजार रुपैयाँ रहने अनुमान गरिएको छ ।
यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
गौरादहको ९४ करोड ९७ लाख बढीको बजेट
गौरादह नगरपालिकाले ९४ करोड ९७ लाख ८२ हजारको बजेट ल्याएको छ ।नगरप्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा बसेको १६औं नगरसभा अन्तर्गत आइतवार सम्पन्न पहिलो अधिवेशनको बैठकमा आर्थिक वर्ष २०८२-८३ का लागि वार्षिक नीति तथा कार्यक्रमसहित वजेट प्रस्तुत गरिएको हो।
नगरप्रमुख सुवेदीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, चुनौती र आगामी दिशा प्रस्तुत गर्दै नगरपालिकाले वितरणमुखीभन्दा परिणाममुखी कार्यक्रमहरूतर्फ प्राथमिकता दिएको बताए। स्वास्थ्य सेवा, शिक्षा, कृषि, विपद् व्यवस्थापन, वातावरण संरक्षण, भूमि व्यवस्था, भौतिक पूर्वाधार, खेलकुदलगायतका क्षेत्रमा नगरले दीर्घकालीन दृष्टिकोणका साथ कार्य अघि बढाइरहेको बताइएको छ।
चालु आर्थिक वर्षका लागि १४औं नगरसभाबाट स्वीकृत ८४ करोड ३४ लाख २२ हजार २८२ रुपैयाँको अनुमानित बजेट संघीय तथा प्रदेश सरकारको विषयगत सशर्त अनुदानसहित ८६ करोड ५१ लाख १२ हजार २६१ रुपैयाँ ६६ पैसामा पुगेको छ। हालसम्मको खर्च प्रतिशत हेर्दा कुल खर्च ६६.२१ प्रतिशत रहेको छ ।
त्यसमा पूँजिगत खर्च ५९.९३ प्रतिशत र चालु खर्च ६९.७५ प्रतिशत रहेको जानकारी दिइएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल खर्च ८५ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।
नगर प्रमुख सुवेदीले नीति तथा कार्यक्रममार्फत जनताको सीप तथा क्षमता विकासमुखी योजना निर्माण तथा कार्यान्वयनमा नगरको प्राथमिकता रहेको र उपलब्ध नतिजाहरूले अझ बढी प्रयास आवश्यक देखिएको टिप्पणी गरे।
कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कन्काईको ७० करोड रुपैयाको बजेट
यस्तै कन्काई नगरपालिकाले करिब ७० करोड रुपैयाको बजेट सार्बजनिक गरेको छ । नगरले कृषि, पशुपालन, स्वस्थ्य जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर सार्बजनिक गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।
कमलले ल्यायो ७७ करोड बढीको वजेट
कमल गाउँपालिकाले गाउँ सभाको १७ औं अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । असार ९ गते भएको अधिबेशनको पहिलो बैठकमा गाउँ सभाका सभाध्यक्ष हुकुमसिंह राईले आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
त्यसैगरि, उपाध्यक्ष प्रमिला न्यौपानेले गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२-८३ को आय–व्ययको विवरण (बजेट), विनियोजन ऐन २०८२ तथा आर्थिक ऐन २०८२ (करका दरहरू) को अनुमानित वजेट पेश गरेका थिइन् ।
उनले ७२ करोड १२ लाख ३६ रुपैयाको बजेट प्रस्तुत गरिन् । गाउँपालिकाले कृषि र युबा उद्यमलाई प्राथमिकता दिदै बजेट सार्बजनिक गरेको उपाध्यक्ष न्यौपानेले जानकारी दिईन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दे कमल गाउँपालिकाका अध्यक्ष राई