धरमपुर,१८ बैशाख । कला र संस्कृतिको क्षेत्रमा योगदान पुरयाँएको भन्दै झापा,शिवसताक्षीका एक दर्जन बढी श्रष्टाहरु सम्मानित भएका छन् । नेकपा( माओवादी केन्द्र) कोशी प्रदेश कमिटीले समाजवादी जन सांस्कृतिक चेतनाका लागि चुरे–तराई जनसंगीत अभियानका क्रममा आज शिवसताक्षीको धरमपुरमा १५ जना श्रष्टाहरुलाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेमा नवीन सुब्बा ,सुरेश राई ,रामलाल रसाईली , मदन बिष्ट, कल्पना बुढाथोकि, सावित्रा रसाईली, महेन्द्र सम्बाहाम्फे, प्रेमकुमार राई, बबिता महतरा, दिनेश रसाईली, अर्जुनकुमार राई ,विराट किराँती र झंकार बुढा मगर रहेका छन् ।
उनीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी, पार्टी केन्द्रीय सदस्य रन्जित तामाङ्ग लगायतले सम्मान गरेका थिए । चुरे –तराइ जनजागरण अभियान अन्र्तगत यो १५ औ कार्यक्रम हो । यसअघि चुरे तराइका बिभिन्न सहरहरुमा सम्पन्न भईसकेका छ भने आज झापाको बहुनडाँगीमा हुने बताइएको छ ।
उक्त कार्यक्रममा जनसांस्कृतिक महासंघको तर्फबाट चर्चित जनवादी गायक झङ्कार बुढा मगरको विशेष प्रस्तुति रहेको थियो ।
बुधबार अपरान्ह आयोजित कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरूले विभिन्न जनबादी नृत्य, गीत–संगीत तथा अबको बाटो समाजबादको नामक नाटक प्रस्तुत गरि उपस्थित दर्शकलाइ मनोरञ्जन गराएका थिए ।नेपाली जनतामा जनबादी गीत संगीतसंगै नाटक प्रहसन मार्फत जनजागरण गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब ५ सय बढिको सहभागिता रहेको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रन्जित तामाङ , प्रदेश कमिटी सदस्यहरु कल्पना कार्की, राम बहादुर राई , वीरेन्द्रकुमार याक्थुम्बा सुबास, बेदु गौतम,शिवसताक्षी नगर कमिटी पूर्व अध्यक्ष महेन्द्र भट्टराई , बिभिन्न पालीकाका पाटी प्रतिनिधि हरु , जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव अनुषा साम्पाङ राई केन्द्रीय सचिवालय सदस्य राकेश किराती, केन्द्रीय सदस्य तथा प्राज्ञ सुमित्रा वाङदेल चेली , प्राज्ञ हरिप्रसाद पौडेल , जनसांस्कृतिक महासङ्घ प्रदेश नः१ का अध्यक्ष चेतनाथ धमला, उपाध्यक्ष जाइका राई, सचिव राजन आचार्य, जनसांस्कृतिक महासंघ झापा जिल्लाका अध्यक्ष राजन चापागाई , जिल्ला उपाध्यक्ष बन्दना नेम्बाङ, सचिव शिव मुर्म लगायत उपस्थिति रहेको थियो ।
नेकपा (माओबादी केन्द्र) कोशी प्रदेशको आयोजना तथा शिवसताक्षी नगर कमिटीको ब्यबस्थापनमा भएको कार्यक्रमको स्वागत मन्तब्य शिवसताक्षी नगर कमिटीका अध्यक्ष दुर्गा नेम्बाङले गरेका थिए भने कार्यक्रमको औचित्य माथि पार्टी कोशी प्रदेश कमिटीका उपाध्यक्ष शिव डाँगीले गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका कोशी प्रदेश कमिटीका उपाध्यक्ष बिजय साम्पाङ्गले गरेका थिए ।