पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा,१७ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी साविकको मूल्यमा पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेलरमट्टितेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।अब पेट्रोल प्रतिलिटर १५८ र डिजेलरमट्टितेल लिटरको १४५ रुपैयाँ उपभोक्ताले निर्नु पर्नेछ ।

खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ ७० पैसा घटेर आए पनि निगमले यहाँ यथावत राखेको छ ।

Leave a Reply

Your email address will not be published.