भद्रपुर,१७ बैशाख । पिकअपको ठक्करबाट जिल्लाको भद्रपुर नगरपालिकामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर -१ बस्ने ३५ वर्षीय दिलिप राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलवार साँझ ७ः३० बजे भद्रपुर नगरपालिका वडा नं.२ स्थित बनियानी– भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं. को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे.१च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर राजवंशी घाइते भएका थिए ।
उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुबै सवारी साधन र पिकअप चालक भद्रपुर ३ बस्ने ४४ वर्षीय पंकज सुवेदीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।