टुडूले ब्लेडले आफ्नै घाँटी काटे !

झापा, १७ बैशाख । जिल्लाको अर्जुनधारा नगरपालिका वडा न. ८ का एक व्यक्तिले श्रीमतीसंग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेका छन् । मंगलवारराति ९ः३० बजेतिर अर्जुनधारा नारायण चौक बस्ने २१ वर्षीय दिपक टुडूले घरमा श्रीमतीसंग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेका हुन् ।
घाइते टुडूलाई बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.