गौरीगञ्ज,१४ बैशाख । झापाको साविक गौरीगञ्ज गाउँ विकास समितिका पूर्व अध्यक्ष घनश्याम रिजालको निधन भएको छ । मिगौला रोगबाट पीडित रिजालको आइतवार दिउँसो विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७३ बर्षिय रिजालले नेपाली कांग्रेसले गरेको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाँएका थिए ।
२०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा उनी गौरीगञ्ज गाविसको अध्यक्षमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । तर, पछिल्ला वर्ष उनले कांग्रेस परित्याग गरेका थिए ।
सामाजिक,राजनीतिक तथा धार्मिक क्षेत्रमा सक्रिय उनको निधनले गौरीगञ्जले एक प्रेरक ,साहसिक व्यक्तित्व गुमाउनुपरेको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् ।
गौरीगञ्ज गाउँपालिका ३ निवासी रिजालका एक छोरा र तीन छोरी छन् । उनको पार्थिव शरीरलाई साँझनै गौरीया खोलाको घाटमा अन्त्येष्टि गरिएको छ ।