विद्यालयमा पठनपाठनको वातावरण बनाउ : नगरप्रमुख थापा

दमक,१४ बैशाख । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले शिक्षकहरुको पेशागत आन्दोलन लम्बिदै गएकाले यसले विद्यालयमा नियमित पठनपाठन प्रभावित मात्र नभएर अस्तव्यस्त बनाएकोमा चिन्ता व्यक्त गरेका छन् ।
नगरप्रमुख थापाले आइतवार विज्ञप्ति जारी गरेर शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान खोज्नु पर्ने स्मरण गराएकाछन् । उनले महिना दिनदेखि काठमाण्डौ केन्द्रीत चलेको आन्दोलनले देशभरिका सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प भएकाले अव विद्यालय सुचारु हुने गरि पठनपाठनको वातावरण निर्माण गर्न सरोकार सवैमा अनुरोध गरेका छन् ।
यसैगरि,दमक ४ को ताराबारी आधारभूत बिद्यालय अब समुदायले सञ्चालन गर्ने तयारी गरेका छन् । शिक्षक आन्दोलनले पढाइमा असर गरेको भन्दै त्यस्तो निर्णय गरेको बताइएको छ । विद्यालय व्यवस्थापन समितिको बैठकले यही वैशाख १६ गते देखि पठनपाठन विद्यालय सञ्चालन गर्ने भएको छ ।
आइतबार बसेको बैठकले सम्पूर्ण अभिभावकहरुमा आ– आफ्ना नानी बाबुहरुलाई विद्यालयमा निःशुल्क भर्ना गराई विद्यालय पढ्न पठाइदिन पनि बिद्यालयले सूचना गरेका छन् ।
यसैगरि, कमल ७ स्थित सिंहदेवी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अगुवाईमा पठनपाठनलाई नियमितता दिएको छ ।दुई दिन अघिदेखि समितिका दक्ष सदस्य,सल्लाहकार लगायतका अन्य शुभेच्छकहरुको सहयोगमा पठनपाठनलाई नियमित बनाएको विद्यालयका अध्यक्ष सन्तोष राईले बताए । विद्यार्थी भर्ना अभियान संगै पठनपाठन सुचारु गरिआएको उनले जनाए ।
उनका अनुसार स्थायी शिक्षकहरु विद्यालयमा हाजिर हुदैआए पनि पेशागत आन्दोलनका कारण कक्षा कोठा जादैनन् । स्थायी शिक्षकहरुको ठाउँमा स्वमसेवकमार्फत पठनपाठन गरिआएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.