कर्मिलाले ल्याईन तीनवटा पालाम( भिडियो सहित )

दमक,७ बैशाख । इलाम चुलाचुलीकी लिम्बू भाषिक पालाम गायिका कर्मिला आङदेम्बे शेर्माले एकैपटक तीन वटा भाषिक पालाम म्यूजिक भिडियो निकालेकी छन् ।
पालाम गायन क्षेत्रमा निकै सुमधुर स्वरकी धनी उनले तुःखेसो पाःन्हा (दुःखको कुरा) पालाम म्यूजिक भिडियो ल्याईसकेकी छिन् भने मिम्तुक्मा मिम्जिन् र माःफक्तुँङ् पाःफक्तुँङ केरेच्छो नामक म्यूजिक पालाम भिडियो पनि छिट्टै सार्वजनिक गर्ने तयारीमा छिन् ।

दोश्रो कोसेलीका रुपमा उनले मिम्तुक्मा मिम्जिन पालाम म्यूजिक भिडियो सार्वजनिकरणको तयारी भईरहेको बताउँछिन् ।दमकमा गत चैत २१ देखि बैशाख १ सम्म चलेको आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा छायाङकन गरिएको सो म्यूजिक भिडीयो लासाङ निङलेखु, लाजिमा लिम्बू, अबि चेम्जोङ ,देवेन्द्र मावोहाङ चेम्जोङ,अमृत आङदेम्बे,प्रमिता लिम्बू ,कल्पना लिम्बू ,प्रान्ति सुब्बा, शर्मिला आङदेम्बे,चाँदनी लावती, पदम वेघा,डोरेन्द्व चेम्जोङ र खास लिम्बू लगायतले अभिनयमा साथ दिएका छन् । युवा निर्देशक चन्द्र लिम्बू फोरुम्बोले निर्देशन , ऐरेन्जमा मनोज सङसोहन , रेकर्डिङमा सुरेश राई
रहेका छन् ।

यसैगरि, आमाबुबाको सम्झनामा उनले माःफक्तुँङ् पाःफक्तुँङ केरेच्छो पालाम म्यूजिक भिडिओ वजारमा ल्याउदै छिन् । पाँचथरको सराङडाडामा छायाङकन गरिएको म्यूजिक भिडियोमा हरिचन्द्र आङदेम्बे ,धनकुमारी शेर्मा आङदेम्बे,सुक्ररानी कुरुम्बाङ आङदेम्बे ,इन्द्रकुमारी नेम्बाङ आङदेम्बे इन्द्रकुमारी आङदेम्बे सुन्दर आङदेम्बे ,ज्योति सम्बाहाम्फे आङदेम्बे ,युवराज आङदेम्बे ,असलबहादुर आङदेम्बे, रेशमा थेगिम आङदेम्बे, चन्द्रकुमारी चेम्जोङ आङदेम्बे लगायतले अभिनयमा साथ दिएकी छन् ।
सुवर्ण नेम्वाङको शव्द र लयमा दुर्गा तुम्सा संयक र स्वरमा जीवन केदेम र निर्माती शेर्माले आफैनै दिएकी छन् ।

लयमा दुर्गा तुम्सा संयकले साथ दिएकी छन् । उनले आफना दिवंगत आमाबुबाको एकैदिनको मरणलाई मर्मस्पर्शीलाई अभिनय र पालाममार्फत उजागर गर्न कोशीस गरेकी हुन् । उनले भनिन्, –‘ पालाममा पृथक सन्देस दिन यो मेरो सानो प्रयास हो ,पक्कै पनि यहाँहरु सवैले मनपराई दिनुहुने छ ’

Leave a Reply

Your email address will not be published.