नेविसंघले बनायो दमकको क्याम्पमोडमा जेब्राक्रस

दमक ,६ बैशाख । नेपाल विद्यार्थी संघको ५६ औ स्थापना दिवसका अवसर पारेर आज दमकमा विद्यार्थीहरुले सडकमा जेव्राक्रस बनाएका छन् । नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पमोडस्थित सडकखण्डमा ट्राफिक नियम सम्बन्धी सूचनामूलक जेब्राक्रस बनाइएको हो । ट्राफिक प्रहरी कार्यालय दमकको समन्वयमा नेविसंघले त्यहाँ जेब्राक्रस बनाईएको सभापति सुनिल हाताछु राईले बताए ।

जेब्राक्रस बनाउन इकाई सभापति हाताछुसहित जिल्ला सचिव जितेन साम्पाङ लगायतका विद्यार्थीहरु परिचालित भएका थिए ।
स्थापना दिवसलाई रचनात्मक रुपमा मनाउन संघले विद्यार्थीको भिड हुने क्याम्पसमोड सडकमा जेब्राक्रस बनाउनुका साथैं विद्यार्थीलाई लक्षित गरि क्याम्पसमोड बस स्टेण्डलाई कायम गराउन पहल थालिएको उनले बताए ।

नेविसंघले यस क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरूले सार्वजनिक यातायातमा भोग्दै आउनुपरेको असुविधा लगायतका समस्या समाधान गरिदिन माग राख्दै ट्राफिक प्रहरी कार्यालय दमकलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझदै प्रनानि जनक तिम्सिनाले विद्यार्थीको सहजताका लागि ट्राफिकले भोलिदेखि नै दमकको क्याम्पस मोडमा बिहान ८ वजेदेखि १० बजे र अपरान्ह ४ बजेदेखि ५ सम्म ट्राफिक प्रहरी परिचालन गरि सार्वजनिक सवारी व्यवस्थापनमा सहयोग पुरयाँउने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.