राम नवमी कप भेट्रानको उपाधि दमकलाई

पा, २५ चैत । इलामको फाकफोकथुमा आयोजित प्रथम राम नवमी कप नकआउट फुटबल प्रतियोगिता -२०८१ को भेट्रानतर्फ दमक नगरपालिका विजयी भएको छ ।
शनिबार फाकफोकथुम -५ नवमी बजारस्थित पोखरी खेल मैदानमा भएको खेलमा मिक्लाजुङ गाउँपालिकालाई १–० गोल अन्तरले हराउदै दमक च्याम्पियन भएको हो ।

दमकका लागि दोस्रो हाफको ७औं मिनेटमा दिपेन गिरीले गोल गरे । उनको गोलमा कप्तान तुला मगरले पास मिलाएका थिए । प्रतियोगिताको विजेताले नगद २० हजार सहित ट्रफि पाए भने उपविजेताले नगद १० हजार सहित ट्रफि प्राप्त गरेका थिए । चैत १९ गतेदेखि शुरु भएको ४० वर्ष माथि उमे समूह भएको भेटरानतर्फ ४ वटा टिमले भाग लिएको थियो ।त्यस्तै, खुलातर्फ नौ वटा टिमले सहभागिता जनाएको थियो ।
विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिसस इलाम जिल्ला प्रमुख जयप्रकाश राई सहित फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई, माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ सहित आयोजक समितिका अध्यक्ष प्रविण राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.