नेप्सेको सिइओमा दमकका चापागाईं

दमक,१९ चैत । झापा दमकका चूडामणि चापागाईं नेपाल स्टक एक्सचेन्ज (नेप्से ) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको सिइओमा चापागाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । चापागाईं पूर्वबैंकर तथा शिक्षक हुन् ।

सूचना तथा प्रविधिमा पनि अनुभव प्राप्त भएकाले प्रविधिको क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेको छ । उनले सानिमा र सनराइज बैंकमा समेत काम गरेको अनुभव छ ।

यसअघिको मन्त्रिपरिषदको बैठकमा अर्का प्रतिस्पर्धी नारदकुमार लुइँटेललाई सिइओ बनाउने निर्णय भएपनि ’माइन्युट’ हुनुअघि प्राप्त सूचनाको आधारमा सरकारले निर्णय उल्ट्याएको स्रोतको दाबी छ ।नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।

Leave a Reply

Your email address will not be published.