झापा , १२ चैत । झापाको कन्काईमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।आज बिहान कनकाई नगरपालिका वडा नं. ५ नारायणदल चौकमा खुकुरी प्रहारबाट ३९ वर्षीय लालबहादुर सार्कीकी श्रीमती ४० वर्षीया मनिषा मग्रान्तीको घटनास्थलमा नै मृत्यु भएको हो । उनको घाँटीमा चोट देखिएको छ । त्यस्तै श्रीमान लालबहादुर पनि घाइते छन् । उनको पनि घाँटीमा चोट लागेको छ ।
घाइते लालबहादुरले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनि त्यो पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । तर उनको मृत्यु नभएपछि आफैँले मङ्गलबार बिहान ४ बजेतिर छिमेकीलाई फोन गरेर श्रीमती मरेको बताएपछि गाउँलेले जनप्रनिनिधि र प्रहरीलाई खबर गरेको कनकाई नगरपालिका -५ का वडासदस्य डिल्लु उप्रेतीले बताए ।
बिहान जनप्रतिनिधि र प्रहरी घटनास्थलमा पुग्दा श्रीमान लालबहादुर ओछ्यानमै घाइते अवस्थामा सुतिरहेको र श्रीमती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । हाल श्रीमानलाई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड लगिएको र
घाइते श्रीमानले आफुले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको बताइएको छ । दुबै श्रीमान श्रीमती ज्याला मजदुरी गर्दै आएका थिए ।
ताप्लेजुङ सिलाम घर भई कनकाई -५ नारायणदल चौक बस्ने योगेन्द्र बस्यालको घरमा २÷३ महिना अगाडीदेखि उनीहरु डेरा गरी बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।