दमक,११ चैत । नेपाली साहित्यका क्षेत्रमा दमकमै पुरानो संस्था साहित्य कला संगमले यो वर्ष सात वटा पुरस्कारको एकैसाथ घोषणा गरिएको छ ।संस्थाले नियमित रुपमा प्रदान गरिआएको विभिन्न क्षेत्रका ५ श्रष्टा र २ वटा संस्थालाई एकैसाथ नगद तथा सम्मान पत्रका साथ पुरस्कृत गर्ने भएको हो ।
संस्थाले सार्वजनिक गरेको विभिन्न पुरस्कार मध्ये भवानी मिश्र पुरस्कारबाट गीतसंगीतकर्मी डा. टीका भण्डारी (झापा, हाल काठमाडौं) र बुलु मुकारुङ (भोजपुर, हाल काठमाडौं), साहित्यकार होम सुवेदी (झापा), हरि कट्टेल (मोरङ विराटनगर) र वरदान समूह (दार्जीलिङ, भारत) लाई प्रदान गरिने निर्णय भएको संस्थाका अध्यक्ष विष्णु न्यौपानेले बताए ।
यसैगरी, साहित्य कला श्री पुरस्कार कदम थिएटर दमकलाई र स्व.तुलसादेवी न्यौपाने स्मृति पुरस्कार धरानकी साहित्यकार कुन्ता शर्मालाई प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको राशि जनही ३५ हजार रुपैयाँ रहेको छ ।
दमकको केवीआर होटलमा यहि चैत ३० गते भव्य कार्यक्रमका बीच एकै साथ ती पुरस्कारहरु वितरण गरिने महासचिव दिपक सुवेदीले बताए ।