सोहरायमा कमलसहित झापाका पाँच पालिकामा भोलि विदा

दमक ,२९ माघ । लोपोन्मुख सन्थाल समुदायको सोहराय पर्वको अवसरमा झापाका पाँच वटा पालिकाले भोलि बुधबार ३० माघमा स्थानीय विदा दिएका छन् । जिल्लाको कमलसहित बिर्तामोड नगरपालिका , वाह्रदशी, हल्दिवारी र झापा गाउँपालिकाले एक दिनका लागि स्थानीय बिदा दिएका हुन् ।कमल गाउँपालिकाले केहिवर्षदेखि सन्थालको सोहरायमा स्थानीय विदा दिदैआएको छ ।
पालिकाका अध्यक्ष हुकुमसिंह राईले आज सूचना निकालेर सन्थाल समुदायको सोहरायमा सम्मान स्वरुप पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय,शिक्षण संस्थाहरु एक दिनका लागि स्थानीय विदाँ दिईएको उल्लेख गरेका छन् ।
‘सोहराय’ आदिवासी सन्थाल समुदायका प्रमुख पर्व हो । यो पर्व ६ दिनसम्म मनाइने गरिन्छ । यो पर्वमा सांस्कृतिकरुपले पूजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्दे सन्थाल समुदायले मनाउँदै आएका छन् ।
छ दिनसम्म यसरी मनाईन्छ सोराहय
सोहराय पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन्। ‘गड’ पूजामा मराङ बुरू, गोसाईं ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाएर पूजा गर्ने गरिन्छ ।
पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनालाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजका नाममा चढाइन्छ । तेस्रो दिन ‘खुन्टोव’ हो । यो दिन गाईगोरुसहित अन्य बस्तु भाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गरिन्छ ।
सोहरायको चौथो दिन गाउँका मुखियासहित समुदायका अगुवा मानिसहरू समूह बनाएर पालोपालो घरघरमा गएर मिठोमसिनो र मदिरा खाने चलन रहेको बताइन्छ । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामकरण गरिएको सन्थाल अगुवाहरू बताउँछन् ।
सोहरायको पाँचौँ दिनलाई ‘हाकुकाट्कोम’ भनिन्छ । स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गँगटो मारेर ल्याउने र खाने गर्छन्। यो पर्वको अन्तिम दिन सिकार गरेर मासु खाने चलन रहेको भएपनि अहिले भने घरमै काटेर वा ल्याएर खाने गरिएको सन्थाल अगुवाहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published.