संविधान संशोधन माथि कुप्रचार गरिनु ठिक हुदैन : मन्त्री दाहाल

दमक,१२ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजेको भन्दै कुप्रचार गरिएको बताएका छन् ।
नेकपा एमाले दमक नगर कमिटीले शनिवार आयोजना बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री दाहालले माओवादी पार्टी लगायतका विरोधीले संविधान शंसोधनको विषय माथि जनतालाई भ्रममा पार्न कुप्रचार गरिदै आएको उल्लेख गरे।
एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री दाहालले समानुपातिक समावेशी,संघीयता लगायतका अपरिहार्य बुँदालाई तलमाथि गर्न नसकिने टिप्पणी गरे । तर निर्वाचन प्रणालीलाई परिमार्जन गर्नु पर्ने आवश्यक रहेको उनको भनाई थियो । महिला,जनजाति लगायतको प्रत्यक्ष निर्वाचनमै संशोधन गर्नु पर्ने आवश्यकता रहेको मन्त्री दाहालको भनाई छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएपछि पहिलो पटक गृह नगर दमक आएका दाहालले आम जनताको सल्लाह सुझावमा मात्र संविधान संशोधन हुने स्पष्ट पारे । संविधानको प्रसङ्ग उठाउदै एउटा पार्टीको चाहनामा संविधान संशोधन नहुने र सबै राजनीतिक पार्टीको सहमतिमा मात्र संविधान संशोधन हुने भन्दै विभिन्न हल्लाको पछि नलाग्न पनि उनले कार्यकर्तालाई अनुरोध गरे ।
मन्त्री दाहालले कुनै पनि पार्टीलाई जनताले बहुमत नदिएको र सरकार पनि कुनै स्थिर नभएको कारण देशका ठुला पार्टी एमाले र काग्रेसको संयुक्त सरकार बनाउनु पर्ने आवश्यक भएको जिकीर गरे ।
देशको आवश्यकताका लागि ठुला दल एकै ठाउँमा आउनु अहिलेको साझा खाँचो भएको उनको टिप्पणी थियो । सरकारको स्थिरता र विकासका लागि कांग्रेस एमालेको संयुक्त सरकारले देशको राष्ट्रिय आकांक्षा पूरा गर्न एक मात्र लक्ष्यका साथ सरकारले काम गरिआएको उनको जोड थियो ।
त्यस अवसरमा एमाले नगर कमिटी अध्यक्ष पौडेलले नगर भित्रका गौरवका योजना पूरा गर्न मन्त्री दाहाल समक्ष माग पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published.