एमाले नेता माझीसहित नौ जुवाडे पक्राउ

मोरङ ,३० भदौं । जुवा खेलिरहेको अवस्थामा नौ जना जुवाडेलाई शनिवार राति मोरङ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीलगायत रहेका छन् । ग्रामथान–४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा–१ का ५० वर्षीय जनककुमार माझी, महोत्तरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका–४ का आह्रलाल माझी, धरान–१५ का युवक राई, दमक–१० का ऋर्तु नेम्वाङ, लेटाङ–९ का लोकनाथ सापकोटा र सुन्दरहैचा–३ का प्रताप राई छन् ।
सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिए । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरू जुवा खेल्ने गरेका थिए । यहाँ कोशी प्रदेशको विभिन्न जिल्ला र मधेस प्रदेशबाट पनि जुवाडेहरू ग्रामथानमा जुवा खेल्न आउने गरेका थिए । खोला छेउ छाउको घरहरूमा व्यवस्थित रूपमा जुवा खेल्ने अखडा बनाएको प्रहरीले जनाएको छ । पक्राउ परेका जुवाडेहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरुलाई जुवा ऐन अन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published.