करेन्ट लागेर मिल सञ्चालक मोदीको मृत्यु

मोरङ , २३ भदौ । करेन्ट लागेर मोरङको विराटनगर महानगरपालिका–४ मा मिल सञ्चालकको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले विराटनगर–४ इक्राहीका मिल सञ्चालक ५२ वर्षीय अवधनारायण मोदीको मृत्यु भएको जानकारी दिए ।
मोदीलाई आफ्नै धान कुट्ने मिलमा करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा फेला पारिएको उनको भनाइ छ । धान कुट्न गएकाहरूले मिलमै लडिरहेको देखेर परिवारका सदस्यलाई खबर गरेका थिए । गम्भीर घाइते अवस्थाका मोदीलाई तत्काल उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।

अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । डीएसपी बस्नेतका अनुसार मिलको बल्ब परिवर्तन गर्ने क्रममा मोदीलाई करेन्ट लागेको पाइएको छ । घटनाको अनुसन्धान सुरू गरिएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published.