दमक,२३ भदौं । दमक बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको १० दिने किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
भदौ ११ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम शनिवार विशेष कार्यक्रमको आयोजनासँगै समापन गरिएको हो ।
लिम्बू विद्ध्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस इकाई शाखाको आयोजनामा सम्पन्न लिपि प्रशिक्षणमा ६१ जना प्रशिक्षार्थीहरू सहभागी थिए । सो प्रशिक्षणमा भाषा तथा लिपि अभियन्ता थेयुसा फागो प्रशिक्षकका रुपमा सहजीकरण गरेका थिए ।
लिम्बू साहित्य प्रतिष्ठान दमकका कुलपति तथा साहित्यकार सेसेमी सेरेङ नाल्वोको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङ, लेखक तथा साहित्यकार बिक्रम वनेम, प्रशिक्षक फागो, स्वतन्त्र विद्यार्थी युनियन सचिव दीपक मादेन , उपसचिव भिजन चेम्जोङ , सदस्यहरु आशिष लिम्बू , सबिन गौतम, किरात राई विद्यार्थी सङ्घ दमक बहुमुखी क्याम्पसका अध्यक्ष, प्रभात मुकारुङ ,वरिष्ठ उपाध्यक्ष उमेश चाम्लिङ लगायतले किरात सिरिजङगा लिपि र याक्थुङ भाषाको चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
लिम्बू विद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस इकाईकी अध्यक्ष बिनिता नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका कोषाध्यक्ष उदय फियाकले स्वागत मन्तव्य राखेका थिए भने मञ्चका सचिव प्रकाश लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रशिक्षक फागोलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने पालामी अभियन्ता दुर्गा तुम्सा, कर्मिला आङदेम्बे र प्रमिला फियाकले सुमधुर आवाजमा पालामको प्रस्तुति राखेकी थिइन् ।