राष्ट्रिय बहुमुखी सहकारीको तीज कार्यक्रम

दमक ,१६ भदौं । दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आफनै सभाहलमा शुक्रवार एक कार्यक्रम गरि तीज विशेष कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ । संस्थाको महिला उपसमितिले आयोजना गरेको महिला लक्षित तीज कार्यक्रममा सहकारीमा आवद्ध शेयर सदस्य, विभिन्न उपसमितिमा आवद्ध महिलाहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।सहकारीका अध्यक्ष एलडी राईको प्रमुख आतिथ्यता तथा महिला उपसमितिकी संयोजक फूलसरी रानाको अध्यक्षतामा तिज कार्यक्रम सम्पन्न भएको थियो । सहकारीले तीज पर्वलाई सांस्कृतिक उत्साह,एकता र भाइचारा अभिबृद्धि गर्न यस किसिमको कार्यक्रमललाई यसवर्ष पनि निरन्तरता दिईएको सहकारीकी निमित्त व्यवस्थापक मातृका देवानले बताईन् ।

Leave a Reply

Your email address will not be published.