कमलमा महिला संघको तीज कार्यक्रम

दमक,१६ भदौं । नेपाल महिला संघ कमल गाउँ कार्यसमितिले शनिवार हरितालिका पर्व विशेष कार्यक्रम गरि मनाएको छ । महिला संघको आयोजना तथा नेपाली कांग्रेस कमल वडा न ४ को सहयोगमा भएको तीज विशेष कार्यक्रममा कमल भरिका महिला दिदीवहिनीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
कमल –४ किरात चौक स्थित सिंहदेबि देवालयको हल मा भएको तिज विशेष कार्यक्रमकी प्रमुख अतिथि नेपाल महिला संघ झापाकी अध्यक्ष टीका मैनाली रहेकी थिईन् । कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटटराई,महासमिति सदस्य शुरेस सुब्बा,कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खड्का भटटराई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,प्रदेश (ख) सभापति रवि केसी,दमक नगर सभापति प्रकाश प्रसाई लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा तिज सम्बन्धी गीत,नृत्यसहित दर खाएर विशेष उत्साहका साथ तीज भव्य रुपले मनाईएको संघकी कमल अध्यक्ष विष्णुमाया बेघाले बताईन् ।

Leave a Reply

Your email address will not be published.