‘बालसेवा आबि’मा स्कूल बस सञ्चालन

दमक ,१५ भदौं । जिल्लाको शिवसताक्षी ७ फाक्तेपमा रहेको बालसेवा आधारभूत बिद्यालयले विद्यार्थीका लागि स्कूल बस सञ्चालनमा ल्याएको छ ।
विद्यालय व्यवस्थापन समितिको अगुवाई तथा देश,विदेशका दाताहरु, ,शुभेच्छुकहरुको सरसहयोग जुटाएर स्कूल बस सञ्चालनमा ल्याइएको अध्यक्ष गोविन ल्वागुनले बताए । विद्यालयले स्कूल बस खरिदका लागि अभियान सञ्चालन गरेको थियो ।
विद्यालयले विद्यार्थी ओसार्न बसनै खरिद गरि शुरु गरिएको यस किसिमको सेवा विस्तार पछि विद्यालयको शैक्षिक विकासमानै टेवा पुग्ने अध्यक्ष ल्वागुनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.