दमकमा विप्लव नेकपाद्धारा विरोध प्रदर्शन

दमक ,१५ भदौं । विप्लव नेतृत्वको नेकपा झापाद्धारा शनिवार दमकमा एमसीसीको विरोधमा नारावाजीका साथ जुलुससहित प्रदर्शन निकालेको छ ।
उनीहरुले गो ब्याक अमेरिका, रिजेक्ट एसपीपी भन्दै जुलुस निकालेको थियो ।पछिल्लो समय अमेरिकाले विश्वका विभिन्न देशहरुमा युद्ध चर्काएर अस्थिरता , अशान्ति मच्चाउँदै हतियारको ब्यापार चलाएको र नेपालमाथि पनि अमेरिकाले विभिन्न परियोजनामार्फत हस्तक्षेप बढाएको नेकपाले आरोप लगाएको छ।

नेपालको सदनबाट एमसीसी पारित गरिएसँगै अहिले अमेरिकाले नेपालमा हतियार भित्र्याउन थालिसकेको र सैन्य गतिविधि बढाउन एसपीपी( स्टेट पार्टनरसिप प्रोग्राम ) लागु गर्न लागेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको जनाएको छ ।

गोर्खा डिपार्टमेन्ट नजिकैबाट शुरु भएको विरोध र्यालीमा अमेरिकी हस्तक्षेपविरुद्ध विभिन्न नाराबाजी गरिएको थियो भने र्याली दमक चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।

कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी,जिल्ला सचिव सन्जय सीले सम्बोधन गरेका थिए । द्धय नेताले अहिले केपी ओलीको सरकार एमसीसी कार्यान्वयन र एसपीपी पारित गर्न षड्यन्त्र गरिरहेको दावी गर्दै कुनै पनि हालतमा उक्त कार्य हुन नदिने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published.