चिया मजदुरलाई आयुर्वेद स्वास्थ्य शिविर

दमक,१३ भदौं । दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका मजदुरहरुलाई लक्षित गरेर चिया बगानभित्रै बृहत आर्युर्वेद स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ । लखनपुरस्थित प्रादेशिक आर्युर्वेद अस्पताल , लायन्स क्लव झापा दमक र बगानको संयुक्त आयोजनामा विहिबारदेखि शुरु भएको शिबिर भोलि शुक्रवारसम्म चल्ने छ ।
लायन्स क्लव अफ झापाका दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेलका अनुसार आर्युर्वेद अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुर सहितको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको छ । विहिबारमात्र १२५ भन्दा बढिले स्वास्थ्य जाँच गराएकाछन् ।
निशुल्क स्वास्थ्य शिबिरमा केही आधारभूत औषधिहरु निशुल्क रुपमा बितरण गरिएको थियो । गम्भिर प्रकृतिका र थप उपचार आवश्यक पर्नेहरुको प्रादेशिक आर्युर्वेद अस्पतालमा उपचारका लागि ब्यवस्था मिलाईएको छ ।
आर्युवेद स्वास्थ्य शिविर पहिलो पटक भएको भन्दै विरामीहरुले खुसी प्रकट गरेकाथिए । ३ सय ५० भन्दा बढि चिया मजदुरहरुले स्वास्थ्य शिविरबाट लाभ लिने अपेक्षा लिईएको बगानका प्रमुख श्यामल सुब्बाले बताएकाछन् ।
शिविरमा विशेष गरेर पायल्स, फिस्टुला, फिसरको जाँच गरिएको थियो । डा.नुतन महतोका अनुसार अधिकाँश मजदुरहरुमा छाला सम्बन्धिको समस्या, ढाँड दुख्ने, घाँटीको गर्धन दुख्ने लगायतका समस्याहरु रहेको पाईएको छ ।
आर्युवेद अस्पतालका निमित्त प्रमुख डा.ठाकुरका अनुसार लायन्स क्लव अफ झापा दमकसंग समन्वय गरेर नियमित रुपमा स्वास्थ्य घुम्ति शिबिर र यस प्रकारका बृहत आर्युर्वेद स्वास्थ्य शिबिर गर्ने योजना रहेको छ ।
शिविर उद्घाटनमा लायन्स लिडरहरु अजय अग्रवाल, दिवश राई, अशोक चौधरी लगायतको शिबिरमा उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.