राष्ट्रिय बहमुखी सहकारीको साधारणसभाको तयारी तीव्र

दमक ,१२ भदौ । दमक -८ स्थित राष्ट्रिय बहमुखी सहकारी संस्थाले आफनो २५ औ बार्षिक साधारणसभा सफल बनाउन तयारी थालेको छ ।
असोज १० गते हुने यसवर्षको २५ औ (रजत वर्ष ) बार्षिक साधारणसभालाई भव्य तथा सभ्य रुपले सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको सचिव दिपेनवाला राईले बताए ।
उनका अनुसार जसअन्तर्गत सहकारीले सञ्चालक ,लेखा समिति ,सल्लाहकार तथा विभिन्न विषयगत उपसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा छलफलसहितको अन्तरकृया बैठक बसेको छ ।
मंगलवार संस्थाको सभाहलमा सम्पन्न भेलामा सहकारीको आसन्न बार्षिक साधारणसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका विषयमा सुझाव तथा जिज्ञासा राखेका थिए । उनीहरुले सहकारीले सदस्य केन्द्रीत गतिविधिमा प्रत्यक्ष राहत तथा सुविधा पुग्ने क्षेत्रमा कार्यक्रम लैजानु पर्ने सुझाएका थिए ।
संस्थाका अध्यक्ष एलडी राईको अध्यक्षतामा भएको छलफलमा लेखा समितका संयोजक सुरेन्द्र निङलेखु,सहकारीका शेयर सदस्यहरु प्रतिमान तामाङ, भगिराज राई ,सल्लाहकारहरु इन्द्रमान चाम्लिङ,हरिदेवी लावती,मेहरमान लिङदेन लगायतले सहकारीको आसन्न साधारणसभा तथा सहकारीले खेल्नुपर्ने कामका विषयमा आआmना धारणा राखेका थिए । सो छलफलमा सहभागिहरुको जिज्ञासामा संस्थाका अध्यक्ष राईसहित उपाध्यक्ष कृष्ण गोलेलगायतले सहजीकरण गरेका सहसचिव फूलसरी रानाले बताईन् ।

 

Leave a Reply

Your email address will not be published.